अत्याधिक गर्मीका कारण १३ जनाको मृत्यु

२०८१ असार ३ गते, आईतवार


काठमाडौँ । अत्याधिक गर्मीका कारण भारतको जनजीवन कष्टकर बनेको छ । भारतको बिहारमा विगत २४ घण्टामा गर्मीका कारण १३ जनाको मृत्यु भएको छ । बिहारको औरंगाबाद, सारण र गयामा गरी १३ जनाको मृत्यु भएको हो । हाल त्यहाँको तापक्रम ४६ डिग्री मापन गर्दा अन्य राज्यहरुको तापक्रम ४३ डिग्री माथि पुगेको छ ।
भारतीय मौसम विभागका अनुसार पटना, जहानाबादलगायत अन्य जिल्लाहरुमा उष्ण लहर चलेकाले जनजीवन कष्टकर बनेको छ । ती राज्यका वृद्धवृद्धा र बालबालिका बिरामी पर्न थालेका छन् । हाल तातो हावाको गति ३० देखि ४० किलोमिटर प्रतिघण्टासम्म पुगेको भारतीय मौसम विज्ञान विभागले जनाएको छ । भारतमा वर्षा नभएका कारण तापक्रम बढ्ने क्रम जारी छ ।
यसैबीच भारतको बिहार र पटनाका केही विद्यालयहरु बन्द गरिएका छन् । मौसम विभागले अति आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन सबैलाई सचेत गराएको छ ।-एजेन्सी

प्रतिक्रियाहरु