गर्मीले १४ जना हजयात्रीको मृत्यु

२०८१ असार ४ गते, सोमबार


काठमाडौँ । साउदी अरबमा हज यात्रामा रहेका १४ जना हजयात्रीहरुको गर्मीका कारण मृत्यु भएको छ । जोर्डनको विदेश मन्त्रालयले एक बिज्ञप्ती जारी गर्दै उच्च तापमानका साथ चलेको तातो हावाका कारण उनीहरुको मृत्यु भएको पुष्टी गरेको छ । मृत्यु हुनेमा सबैजना जोर्डनका नागरिकहरु रहेका छन् । हज यात्रामा रहेका अधिकांश हज यात्रीहरु गर्मीको चपेटामा पर्दा १७ जना भने सम्पर्कविहीन बनेका छन् भने उनीहरुको खोजी कार्य जारी रहेको छ ।
साउदी अरबको हज विश्वकै सबैभन्दा ठूलो सामूहिक जमघट हुने मध्येको एक हो । साउदी अधिकारीहरूका अनुसार यस वर्ष १८ लाखभन्दा बढी तीर्थयात्रीहरू सहभागी छन् । हाल त्यहाँको तापक्रम ४६ डिग्री पुगेको छ । गत वर्ष हज यात्राका क्रममा भएको भागदोडमा २ सय ४० जनाको मृत्यु भएको थियो । -एजेन्सी

प्रतिक्रियाहरु