घरजग्गा कारोबारमा वृद्धि

२०८१ असार ४ गते, सोमबार


काठमाडौँ । भूमि, व्यवस्था तथा अभिलेख विभागले जेठ महिनामा काठमाडौंमा घरजग्गा कारोबार बढेको जानेको छ। विभागका अनुसार जेठ महिनामा ६१ हजार १ सय ६१ लिखत पास भएको छ । जेठमा भएको घरजग्गा कारोबार वैशाखको तुलनामा २३ प्रतिशतले कारोबार बढेको देखिएको छ । वैशाखमा ४९ हजार ७ सय ८२ वटा लिखत पारित भएका थिए ।
कारोबार बढेसँगै राजस्वमा पनि वृद्धि भएको छ । जेठ महिनामा देशभरिका मालपोत कार्यालयबाट ४ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ राजस्व संकलन भएको छ । वैशाखमा ३ अर्ब ८६ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । यो राजस्व वैशाखको तुलनामा ४७ करोड ५४ लाख रुपैयाँले बढी हो । जेठ महिनामा भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीले सबैभन्दा धेरै कारोबार गरेको छ । यस कार्यालयले २ हजार ३ सय ७५ वटा लिखत पारित गरेको छ । यस्तै भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषाले २ हजार ३ सय ४८, झापाले १ हजार ९ सय ८१, मोरङले १ हजार ९ सय ५८, राजविराज सप्तरीले १ हजार ७ सय २९ वटा लिखत पारित गरेको विभागको तथ्यांकले देखाएको छ ।
काठमाडौंमा डिल्लीबजार कार्यालयले २ सय ५४, चाबहिल कार्यालयले ५ सय ३२, कलकींले ७ सय ६३, मनमैजुले ३ सय १७, साँखुले ५ सय २९, टोखाले १ सय ५९ वटा लिखत पारित गरेका छन् । जेठ महिनामा २ अर्ब ८१ करोड ९२ लाख रुपैयाँ रजिस्ट्रेसन दस्तुर संकलन भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु