आप्रवासी चढेको डुंगा दुर्घटना : ११ जनाको मृत्यु

२०८१ असार ५ गते, मंगलवार

काठमाडौँ । इटालीको दक्षिणी तटमा आप्राबासीहरु चढेको दुईवटा डुंगा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी बेपत्ता भएका छन् । मृत्यु हुनेमा ६ जना बालबालिका रहेका छन् । पहिलो डुंगा इटलीको ल्याम्पेडुसा टापु र अर्को क्यालाब्रियाको तटबाट करिब १ सय २५ माइल नजिकै डुबिरहेको काठको डुंगाबाट ११ जनाको शव फेला परेको छ भने ५१ जनालाई जिउँदै उद्धार गरिएको छ । एकै दिनमा भएको दुवै दुर्घटनामा बेपत्ता भएका ६० जनामध्ये २६ जना बालबालिका रहेका छन् ।
दुर्घटना भएका डुंगाहरुमा लिबिया र टर्कीबाट आएका आप्रवासीहरू चढेको बताइएको छ । सिरिया, इजिप्ट, पाकिस्तान र बंगलादेशका आप्रवासीहरू बोकेको उक्त डुंगा लिबियाको बाटो हुँदै इटली तर्फ लागेका बेला दुर्घटना भएको संयुक्त राष्ट्रसंघको शरणार्थी निकाय यूएनएचसीआरले जनाएको छ । उद्धार गरिएकाहरुलाई इटालियन कोस्टगार्डको जिम्मा लगाइएको छ । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु