‘देशमा साम्राज्यवादीहरुको षड्यन्त्र मौलाइरहेको छ’

२०८१ असार ६ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले अमेरिकी र भारतीय साम्राज्यवादीहरुको षड्यन्त्र मौलाइरहेको बताएका छन्। मंगलबार अपरान्ह जनपत्रकार संगठन नेपालमा आवद्ध पत्रकारहरुसंग भेटघाटमा उनले सो कुरा बताएका हुन्।
महासचिव विप्लव सीले क्रान्तिकारी कम्युनिष्ट तथा अग्रगामी शक्तिहरुविरुद्ध साम्राज्यवादी षड्यन्त्र तिव्ररुपमा आएको खुलासा गर्दै भने – ‘साम्राज्यवादी षड्यन्त्रले नेपालका कम्युनिष्टहरुको एकता हुन नदिने षड्यन्त्र गरेकाे छ, बजेटका विषयमा सरकार पक्ष र विपक्ष सांसदहरुको तिव्र विरोध गरेका छन्, सरकार ढाल्ने खेल चलिरहेको छ, यो सबै अमेरिकी र भारतीय साम्राज्यवादीहरुको षड्यन्त्र मौलाइरहेको छ । एमसीसी कार्यान्वयन गर्न बाध्य पारेर राष्ट्रिय स्वाधीनतामाथि खतरा निम्त्याइदै छ, यी तमाम षड्यन्त्र विरुद्ध पत्रकारहरुले कलमको माध्यमबाट पर्दाफास गर्न जरुरी छ ।’
महासचिव विप्लव सीले नेपालमा साम्राज्यवादीहरुले समाजवादी मोर्चा गठन गरेको कुरा मन नपराएको भन्दै सामाजवादी मोर्चा विघठन गराउने षड्यन्त्र समेत गर्न लागेको बताए । उनले माओवादी कम्युनिष्टहरुको एकता विना साम्राज्यवादी षड्यन्त्र परास्त पारेर नेपाललाई समाजवादतिर लैजान नसकिने ठोकुवा गरे ।उनले माओवादीहरुबीचको एकताको विषय कोट्याउदै माओवादीभित्र सुविधाभोगीहरु पार्टी एकता नचाहने र क्रान्तिकारी इमान्दार नेता कार्यकर्ताहरु पार्टी एकता छिटो चाहने जस्तो देखिएको बताए ।
उक्त अवसरमा महासचिव विप्लव सी ले पार्टीले दिएको प्रचार मोर्चाको जिम्मेवारी तथा कार्यभारलाई सबै जनपत्रकारहरुले विना संकोच ढुक्क भएर काम गर्नु  पर्ने बताउदै सोही  अनुसार अघि बढ्न निर्देशनसमेत दिए ।

प्रतिक्रियाहरु