उत्तर कोरिया र रुसबीच बृहत् रणनीतिक साझेदारीमा हस्ताक्षर

२०८१ असार ६ गते, बुधबार


काठमाडौँ । उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ बृहत् रणनीतिक साझेदारीमा हस्ताक्षर गरेका छन्।
यसअघि पुटिनका सल्लाहकार युरी उसाकोवले यस्तो खालको सम्झौतामा हस्ताक्षर हुने बताएका थिए। रुसी सञ्चारमाध्यम आरआईएले किम र पुटिनले सो सम्झौतामा हस्ताक्षर गरेको उल्लेख गरेको छ। तर, सम्झौताका विवरणहरु सार्वजनिक भइसकेका छैनन्।
त्यसअघि पुटिन र किमबीच दुई घण्टा लामो एक्लाएक्लै वार्ता भएको थियो। एक्लाएक्लै वार्ताअघि दुई पक्षीय प्रतिनिधिमण्डलबीच डेढ घण्टा छलफल भएको बताइएको छ। पुटिनले किमलाई रुस भ्रमणको निम्ता दिएका छन्। २४ वर्षपछि प्योङयाङ आएका पुटिनलाई उत्तर कोरियाले भव्य स्वागत गरेको छ। यसपछि पुटिन भियतनाम भ्रमणमा आजै जानेछन्। – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु