कक्षा १२ को परीक्षा दिएकाले एमबीबीएसको प्रवेश परीक्षामा सहभागी हुन पाउने

२०८१ असार ६ गते, बुधबार


काठमाडौँ । चिकित्सा शिक्षा आयोगले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको हो । यसअघि चिकित्सा शिक्षाको प्रवेश परीक्षामा सहभागी हुन १२ कक्षा उतीर्ण हुनुपथ्र्यो । आयोगका सहसचिव कृष्ण प्रसाद काप्रीले नियमित विद्यार्थीको सुविधाका लागि विशेष व्यवस्था गरिएको जानकारी दिए । ‘यसभन्दा अगाडि १२ कक्षाको नतिजा आउन ढिलाइ हुँदा नियमित विद्यार्थीले प्रवेश परीक्षा लामो समयसम्म कुनुपर्ने हुन्थ्यो । कक्षा १२ को नतिजा नआइसकेको भए पनि यस पटकदेखि हामीले भदौमा हुने परीक्षामा सहभागी पाउने व्यवस्था मिलाइएको हो एकीकृत प्रवेश परीक्षाका लागि आयोगले आवेदन खुलाइसकेको छ । सो परीक्षाका लागि गत वैशाखमा १२ कक्षाको परीक्षा दिएका विज्ञान विषयका विद्यार्थीले १२ कक्षाको प्रवेशपत्रका आधारमा आवेदन दिन सक्ने छन् । तर परीक्षाको नतिजा आउने बेलामा आयोगले चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा तथा विद्यार्थी भर्ना सम्वन्धी कार्यविधि (पहिलो संसोधन) २०७० को दफा ७ बमोजिमको योग्यता पुगेका उम्मेदवारलाई मात्रै समावेश गरी नतिजा प्रकाशित गर्ने स्पष्ट पारेको छ ।

प्रतिक्रियाहरु