‘शहिद कुमार पौडेलको सपना पुरा गरि छाड्छौं’

२०८१ असार ६ गते, बुधबार

काठमाडौँ । एकीकृत जनक्रान्तिका शहिद कुमार पौडेलको स्मृतिमा आयोजित छैटौं स्मृतिसभाका वक्ताहरुले शहिद कुमार पौडेलको सपना पुरा गरि छाड्ने बताएका छन । बुधबार अखिल नेपाल लेखक संघ, केन्द्रीय कार्यालयको आयोजनामा मधेसको बर्दिबासमा उक्त स्मृतिसभा सम्पन्न भएको हो । सभामा अखिल नेपाल जनसाँस्कृतिक महासंघका उपाध्यक्ष तथा संघकी अध्यक्ष शोभा सीको अध्यक्षता रहेको थियो भने नेकपा स्थायी समिति सदस्य अनिल सीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमको संचालन महासंघका महासचिव कुशल सीले गरेका थिए भने उपस्थिति सबैलाई स्वागत मन्तव्यमार्फत प्रतिवद्ध सीले स्वागत गरेका थिए । सभामा एकीकृत जनक्रान्तिका १५ जना सहिदहरूको गाथामा आधारित ‘बलिदान राष्ट्रका लागि’ कृतिको परिचर्चा समेत गरिएको थियो‌ । सो क्रममा वक्ताहरूले शहिद गाथा प्रकाशन गरेर नेकपाले शहिदलाई युगौं युगसम्म जिवित बनाएको बताएका थिए ।


कार्यक्रममा नेकपाका पोलिटब्युरो सदस्य चिरन सीले शहिद कुमार पौडेलको सम्झनामा गित गाएर सबैलाई भावुक बनाएका थिए ‌। कार्यक्रममा वरिष्ठ सौन्दर्य चिन्तक रोषण जनकपुरी, नागरिक समाजका अगुवा नारायण खपांगी, गीतकार तथा माओवादी केन्द्रका नेता टेक बहादुर बलामपाकी, बुद्धिजीवी केदार कोइराला र प्रगतिशील लेखक संघ मधेस प्रदेश अध्यक्ष नारायण घिमिरे लगायतले स्मृति सभालाई सम्बोधन गर्दौ कुमारका सपनाहरूलाई साकार पार्न सुकुम्वासीका समस्याहरू हल गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा मधेस प्रदेशका विभिन्न जिल्लाबाट नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । फिरोज सीको नेतृत्वमा एउटा बस, सर्लाहीबाट ३ ओटा बस, धनुषाबाट ४ ओटा बस अन्य जिल्लाबाट गरि ठुलो जनमासको सहभागिता रहेको थियो । कार्यक्रम‌को व्यवस्थापन महोत्तरी जिल्ला इन्चार्ज पवन सीले गरेका थिए । स्मृति सभामा सहिदका परिवार कुमारका बुवा खिलकराज पौडेलको विशेष उपस्थिति रहेको थियो। -शोभराज बराल

प्रतिक्रियाहरु