जनसाँस्कृतिक महासंघ मधेस प्रदेशकाे संयाेजकमा राजन सी

२०८१ असार ७ गते, बिहीबार

काठमाडौँ । अखिल नेपाल जनसाँस्कृतिक महासंघ मधेस प्रदेशकाे प्रथम भेला सम्पन्न भएकाे छ । बुधबार प्रदेशकाे बर्दिवासमा सम्पन्न भेलाले राजन सीकाे नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेकाे छ ।
महासंघका महासचिव तथा प्रदेश इन्चार्ज कुशल सीकाे अध्यक्षतामा सम्पन्न भेलामा नेकपा स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । भेलामा महासंघका उपाध्यक्ष शाेभा सी, नेकपा केन्द्रीय सदस्य सन्जिव सी, राजकुमारी सी लगायत मधेस प्रदेशका सबै केन्द्रीय सदस्यहरूकाे आतिथ्यता रहेकाे थियाे ।
भेलाकाे संचालन महासंघका केन्द्रिय कार्यालय सचिव प्रतिबद्धत सीले गरेका थिए भने स्वागत मन्तव्य राजन सीले गरेका थिए । – शाेभराज बराल

प्रतिक्रियाहरु