एमसीसी कार्यन्वयन :देश र जनहित विपरितको कार्य

२०८१ असार ७ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवम् समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले एमसीसी जसरी पनि कार्यान्वयन गर्छु भन्नु देश र जनहित विपरितको कार्य भएको बताएका छन् ।
बुधबार काठमाडौँमा भएको सुदुरपश्चिम काठमाडौँ उपत्यका जनसम्पर्क मञ्चको प्रारम्भिक भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
महासचिव विप्लव सीले वर्तमान सरकारका अर्थमन्त्री वर्षमान पुन अनन्तले जसरी पनि एमसीसी कार्यान्वयन गर्छु भनेर अमेरिकालाई रिझाउने र सरकारको आयु लम्ब्याउने सपना देख्नु देशको हित विपरितको काम भएको भन्दै नेकपा र माओवादीको एकता र सहकार्यको जारी प्रक्रियालाई भाड्ने उदेश्यले विदेशीहरुले माओवादीभित्रको एउटा समुहलाई पश्चिमा पक्षधर बनाउने प्रयास गरिरहेको समेत बताए ।
उनले भने- ‘नेपाल कम्युनिस्ट पार्टीले माओवादी, वामपंथी र कम्युनिस्ट शक्तिसङ्ग विचारको आधारमा एकता गर्ने, साझा मुद्दामा सहकार्य गर्ने र कम्युनिस्ट शक्तिहरुबीच आपसी दूरी घटाउने नीति लिएको बेला यस्तो नीतिले देशको अर्थराजनीतिक संकटको निकास दिन र भू-राजनीतिक चुनौती सामना गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने मानिसहरूले आशा गरेका छन् । यस्तो अवस्थामा एमसीसी कार्यान्वयन गरेरै छाड्छु भन्ने कुराले एकातिर उनीहरु देशभक्त जनताबाट थप कट्दै जानेछन् भने अर्कोतिर यस्तो नीतिले विदेशी शक्ति केन्द्रको पासोमा उम्किनै नसक्ने गरि फस्दै जाने खतरा रहेको छ ।’


महासचिव विप्लव सीले नेपालको कम्युनिस्ट आन्दोलनको विकासमा परम्परागत प्रवृत्तिले डिस्टर्व गरेकोले यसलाई समकालीन परिस्थिति अनुसार विकासको खाँचो रहेको चर्चा गर्दै एकातिर एमाले स्कुल र अर्कोतिर किरण, मोहनविक्रमहरुको स्कुल जस्ता दुई समस्याबाट अगाडि नबढिकन नेपाली विशेषताको समाजवाद निर्माण हुन नसक्ने विचार समेत व्यक्त गरेका छन् । उनले सरकारले नयाँ आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट कसैले पनि स्वामित्व नलिएकोले यसको कार्यान्वयन नहुने र बजेटले देशको आवश्यकता र प्रवाहलाई समेट्न नसकेको समेत बताएका छन् ।

प्रतिक्रियाहरु