पशु विज्ञानका विद्यार्थीलाई कृषि बिषयमा परिक्षा दिन लगाउनेलाई कारबाही गर

२०८१ असार ७ गते, बिहीबार


काठमाडौँ । अखिल समाजवादीले सिरहाको रामप्रताप रामप्रसाद तामाङ जनता बहुमुखी क्याम्पस अन्तर्गत पशु विज्ञानका विद्यार्थीलाई कृषिको प्रश्नपत्रमा परीक्षा दिन लगाइएको भन्दै कारबाहीको माग गरेको छ। असो संगठनका महासचिव प्रकाश सीले बुधबार एक प्रेस बिज्ञपति जारी गर्दै दोषीलाई कारबाही र विद्यार्थीलाई न्याय दिन माग गरेका हुन् ।
महासचिव प्रकाशद्वारा जारी बिज्ञप्तीमा भनिएको छ -” केन्द्राध्यक्ष लगायत परिक्षामा यो किसिमको कमजोरी गर्ने कर्मचारीहरूलाई कारबाहीको दायरामा ल्याएर परिक्षार्थीलाई उचित क्षतिपूर्तिसहित यथाशीघ्र सम्बन्धित विषयको परिक्षा दिने वातावरण मिलाउन जोडदार माग गर्दछौं। “
त्यस्तै बिज्ञप्तीमा विद्यार्थीले आफ्नो जीवनको महत्वपूर्ण समय, ऊर्जा र लगानी खर्चेर गर्न खोजिरहेको भविष्य निर्माणमाथि लापरबाही नगर्न हामी सम्बन्धित सबैलाई सचेत गराउन चाहन्छौं समेत भनिएको छ।

प्रतिक्रियाहरु