युवा सङ्गठन नेपालद्वारा खेलकुद क्षेत्रको भ्रष्टाचार रोक्न माग

२०८१ असार ८ गते, शुक्रबार


काठमाडौँ । युवा संगठन नेपालले खेलकुद क्षेत्रमा हुने कामहरुमा भ्रष्टाचार हुने गरेको भन्दै भ्रष्टाचार तथा मनोमानी रोक्न माग गरेको छ।नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनले बिहिवार युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठलाई ८बुदे ज्ञापनपत्र पेश गर्दै संगठनले भ्रष्टाचार रोकिनुपर्ने माग गरेको हो ।
युवा संगठन नेपाल केन्द्रिय समितिको तर्फबाट अध्यक्ष दिनेशद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा खेलाडीहरुलाई प्रोत्साहित गर्न अवसर दिनुपर्ने, रास्ट्रीय खेलाडीलाई आवासको व्यवस्था गरिनुपर्ने,कर्णाली लगायत देशका दुर्गमका जिल्लाहरुमा तत्काल खेलकुद पुर्वाधार निर्माण गरिनुपर्ने र दशरथ रंगशालालाई मर्मत गरिनुपर्ने माग गरिएको छ।
त्यस्तै ज्ञापनपत्रमा खेलकुद क्षेत्रमा हुने राजनीतिक हस्तक्षेप रोकिनुपर्ने, `खेलाडीसङ्ग खेलकुद मन्त्री´कार्यक्रम सञ्चालन गरिनुपर्ने र प्रशिक्षकलाई आवास र स्वास्थ्य उपचारको व्यवस्था गरिनुपर्ने समेत माग गरिएको छ।
अध्यक्ष दिनेश सी,महासचिव विश्लेषण सी सहितको युवा संगठन नेपालद्वारा पेश गरिएको मागपत्र ग्रहण गर्दै युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले मागहरू जायज भएको र उल्लेखित मागहरूलाई पूरा गर्न सरकार सकारात्मक रहेको भन्दै आगामी दिनमा सहकार्य गरेर जाने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रियाहरु