नेकपा जनताको आशाको केन्द्रविन्दु

२०८१ असार ८ गते, शुक्रबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज सविन सीले नेकपा जनताको आशाको केन्द्रविन्दु भएको ठोकुवा गरेका छन् । बिहिवार दंगिशरण -४ मौलीमा पार्टीको आयोजनामा आयोजित पार्टी प्रवेश तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्
इन्चार्ज सविन सीले पुराना पार्टीले जनतको पक्षमा काम नगरेपछि नेकपा जनताको आशा केन्द्रविन्दु भएको बताउदै भने- ‘नेपाली जनताको अधिकार सुनिश्चित नहुदासम्म बिद्रोह चलिरहन्छ । हामि जनतालाई कुनैपनी हालतमा धोका दिदैनौँ । हामी समाजवाद ल्याउनका लागि लडेका छौँ । हाम्रा वरिपरी हाम्रा समर्थक , शुभचिन्तकलाई गोलबन्द हुन नदिन प्रतिक्रियावादीहरुले हामीलाई बन्दुक बोक्छन , बम , बारुद बोक्छन भनिरहेका छन् । यी कुरा सत्य होइनन् । तपाइँहरु हाम्रा वरिपरि आउन थालेपछी उनिहरु यस्ता कुरा गर्न थालिहाल्छन । तपाइँहरु ढुक्क हुनुहोला हामी सजिलै मैदान खाली गरिदिएर कहिँकतै जादैनौँ । यहाँका दलालहरुलाई हालीमुहाली गर्न छोडिदिएर कहिँकतै जाने कुरा छैन् । यो बिचमा चुनाव आइपुग्यो भने चुनावमा पनि भिड्ने हो तर मैदान खाली गरिदिएर डाँडाकाँडा जाने कुरा होइन । जनताको पक्षमा न्यायको आवाजलाई बुटले दबाउन खोजियो भने बन्दुक अनिवार्य बन्न सक्छ । बन्दुक हाम्रो चाहना होइन , हामी त यो मुलुकलाई बदल्न चाहेका छौँ ।’
इन्चार्ज सविन सीले दलालहरुको कब्जाबाट देशलाई जनताको मातहतमा ल्याउने बताउदै भने – ‘ यो देशलाई दलालहरुको कब्जाबाट दुई तरिकाले मुक्त गर्न सकिन्छ । एउटा तरिका बन्दुकवाट हो अर्को तरिका शान्तिपुर्ण आन्दोलनवाट पनि हुन्छ । यो मुलुक दलालहरुको कब्जामा छ , विकास नहुनुको कारण पनि यहीँ हो । दलालको कब्जाबाट देशलाई जनताको मातहतमा ल्याउनु पर्दछ । यो व्यवस्था र पुराना पार्टीप्रती जनताको रत्तीभर बिश्वास छैन् ।’
इन्चार्ज सविन सीले मौली , बालुवा लगाएतका गाउँहरु सहिदहरु जन्माएको , जनयुद्धमा ठुलो योगदान गरेको गाउँ भएकाले पार्टीप्रती जनताको बिश्वास भइरहने समेत बताए । उनले सबै नागरिकलाई उत्पादन र श्रममा सहभागी बनाउदै समृद्धि हासिल गर्ने व्यवस्था समाजवाद भएको बताउदै भने- ‘संविधानमा समाजवाद उन्मुख लेख्ने कुरा जनतालाई ढाट्ने कुरा हो । समाजवाद उन्मुख संविधानमा दलाल पुजीवादको बिगबिगी छ । यो सरासर जनतालाई ढाँटेको कुरा हो । बिकृत पुजीवादी कार्यक्रम लागू गरेर समाजवाद उन्मुख संविधान हुँदैन । समाजवाद नभने राजनीति गर्नै नसक्ने भएपछि उन्मुख लेखियो । जनताले साँच्चिकै समाजवाद उपभोग गर्न चाहन्छन् । यो व्यवस्था रहेसम्म जनताले मुक्ती पाउदैनन् । खाना नपाएर भोकै मर्न थालेपनी राज्य विमुख हुने व्यवस्था हो दलाल पुजीवाद ।’
इन्चार्ज सविन सीले सरकार चलाउनका लागि मात्रै सरकारले काम गर्ने गरेको समेत बताउउदै भने- ‘ भर्खरै अर्थमन्त्रीले एमसिसि जुनसुकै हालतमा कार्यान्वयन गर्नुपर्छ भन्नु यो सरकार टेकाउन गरेको गुलामी हो । एमसिसि भयानक राष्ट्रघाती छ भन्दाभन्दै किन रातदिन मान्छेहरु मालिकको गुलामी गरिरहेका छन् ? यहाँ शासकहरुको काम केवल विदेशीको गुलामी गरेर सरकार जोगाउनु मात्रै हो । प्रचण्ड भारत गएर गुलामी गर्ने ,कसैले एमसिसी लागू गरौं भन्ने सबै कुरा सरकार टेकाउने खेल हुन् । प्रचण्डको मात्रै कुरा होइन यो देशका सबै संसदवादीहरुलाई देश र जनताको माया होइन सरकार चलाउने वाहेक अरु केही छैन् ।’
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम ३ नं. निर्वाचन क्षेत्र इन्चार्ज प्रदिप सी , पार्टीका जिल्ला सचिव तिलक सी , पार्टीका जिल्ला कार्यालय सदस्य रुद्र सीले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रियाहरु