इजरायलद्वारा हमासका कमाण्डर मारिएको दावी

२०८१ असार ८ गते, शुक्रबार

काठमाडौँ । इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले बिहीबार उत्तरी गाजापट्टीको बेइट हानौन शहरमा भएको हवाइ हमलामा हमासका कमाण्डर मारिएको दाबी गरेका छन । प्रवक्ता अद्राईले बेइट हानौन क्षेत्रमा स्नाइपर अपरेसनको नेतृत्व गर्ने र इजरायली सेनाहरू विरुद्ध आतंकवादी कार्यमा भूमिका खेल्ने अहमद अल-सवारकालाई सैन्य विमानले मारेको बताए। इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले बिहीबार आईडीएफ सेनाहरूले मध्य गाजापट्टी र दक्षिणी रफाह क्षेत्रमा काम गर्न जारी राखेका छन्।
गाजाका स्वास्थ्य अधिकारीले बिहीबारसम्म इजरायली सैन्य कारबाहीबाट प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या ३७ हजार ४३१ पुगेको छ र ८५ हजार ६५३ घाइते भएको बताएका छन्। – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु