चीनमा भारी वर्षा : दशौं हजार मानिस विस्थापित

२०८१ असार ८ गते, शुक्रबार


काठमाडौँ । दक्षिणी चीनमा भारी वर्षाका कारण सो क्षेत्रमा आएको बाढीबाट जोगाउन दशौं हजार मानिसलाई अन्यत्र सारिएको छ ।
यही जुन ९ यता सो क्षेत्रमा नौजना मानिसको मृत्यु भएको छ । सहरी क्षेत्रमा जताततै पानी भरिएको जनाइएको छ । चीनको राष्ट्रिय ब्रोडकास्टर सीसीटिभीले शुक्रबार जनाएअनुसार ९ जनाको मृत्यु स्थानी गुआङदोङ प्रान्तको मैझूमा भएको थियो । सोंग्युयन र शिकु नदीमा ठूलो बाढी आएको छ ।
दक्षिणी प्रान्त १२७ मिलियन मानिसको लागि ‘इकोनोमिक पावर हाउस’को रूपमा चिनिने गरेको छ । तर, पछिल्ला वर्षमा सो क्षेत्र गम्भीर बाढीबाट प्रभावित भइरहेको छ । वैज्ञानिकहरूले मौसम अझै नियमित रूपमा यसै हिसाबले अघि बढ्न सक्ने जनाएका छन् । यो हप्ताको सुरूमा १० हजारभन्दा बढी मानिस मैझू क्षेत्रबाट विस्थापित भएका थिए । सो क्षेत्रमा करिब १३ हजार मानिस विद्युत्विहीन अवस्थामा रहेका जनाइएको छ । -सीएनएन

प्रतिक्रियाहरु