१४ खर्ब ५३ अर्बको वस्तु आयात हुँदा १ खर्ब ३९ अर्बको वस्तु निर्यात

२०८१ असार ८ गते, शुक्रबार

काठमाडौं। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको आयात भएको छ ।
गत आर्थिक वर्षको ११ महिनामा आयातमा १.८४ प्रतिशतले गिरावट आएर १४ खर्ब ५३ अर्ब ७० करोडको आयात भएको छ । त्यस्तै गत बर्षको तुलनामा चालु आर्थिक वर्ष निर्यात ३.०१ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्मम १ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँको वस्तु निर्यात हुँदा गत आर्थिक वर्ष सोही अवधिमा १ खर्ब ४३ अर्ब ५८ करोढ रुपैयाँको वस्तु निर्यात भएको थियो ।
आयात र निर्यात घटेसँगै व्यापार घाटा पनि १.७२ प्रतिशतले घटेको छ । गत आर्थिक वर्ष १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ व्यापार घाटा हुँदा चालु आर्थिक वर्षको सोही अवधिमा १३ खर्ब १४ अर्ब ४४ करोड रुपैयाँ पुगेको हो ।
विदेशी मुलुकबाट आयात हुनेमा डिजेल, पेट्रोल, एलपीजी ग्यास छन् । ११ महिनामा सबैभन्दा बढी १ खर्ब २९ अर्ब २० करोड रुपैयाँ बराबरको डिजेल आयात भएको छ । त्यस्तै यस अवधिमा ६२ अर्ब ८७ करोड रुपैयाँ बराबरको पेट्रोल आयात गरिएको छ । त्यस्तै ५१ अर्ब ७ करोड २६ लाख बराबरको एलपीजी ग्याँस आयात भएको विभागले जनाएको छ ।
त्यस्तै मुलुकबाट निर्यात हुनेमा सबैभन्दा बढी गलैंचा, अलैंची,फलाम तथा स्टिल रहेका छन् । चालु आर्थिक वर्षको ११ महिनमा ९ अर्ब ७३ करोड १८ लाख रुपैयाँ बराबरको गलैंचा निर्यात भएको छ भने ७ अर्ब ४७ करोड श्ररुपैयाँ बराबरको अलैंची निर्यात भएको छ । त्यस्तै ६ अर्ब १६ करोड ६० लाख बराबरको स्टिल निर्यात भएको विभागले जनाएको छ ।
यसैगरी , भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ २०८० मा मात्र १ खर्ब ५० अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । चालु आवको जेठ महिनासम्म १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । वैशाख मसान्तसम्म १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जेठमा आयात बढे पनि समग्र आयातको तथ्यांक गत वर्षको यसै अवधिको तुलनामा भने घटेको छ । जेठसम्म आयात १.८४ प्रतिशतले कम भएको देखिन्छ । अघिल्लो वर्ष जेठसम्म १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको तथ्यांकले देखाएको छ ।
यस वर्ष निर्यातमा समेत ठूलो उपलब्धि छैन । जेठसम्म १ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा ३.०१ प्रतिशतले कम हो । अघिल्लो वर्ष जेठसम्म १ खर्ब ४३ अर्ब ५८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ ।
आयात र निर्यात दुवै घट्दा कुल वैदेशिक व्यापार र व्यापार घाटा दुवै खुम्चिएको छ । कुल वैदेशिक व्यापारको आकार १५ खर्ब ९२ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा १.९५ प्रतिशत कम हो । अघिल्लो वर्ष जेठसम्म १६ खर्ब २४ अर्ब ५६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
व्यापार घाटा १३ खर्ब १४ अर्ब रुपैयाँमा खुम्चिएको छ । जुन अघिल्लो आवको तुलनामा १.७२ प्रतिशत कम हो । अघिल्लो वर्ष १३ खर्ब ३७ अर्ब रुपैयाँ बराबर व्यापार घाटा थियो । यस वर्ष जेठसम्म वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.२६ प्रतिशत र निर्यातको हिस्सा ८.७४ प्रतिशत रहेको छ ।
भन्सार विभागका अनुसार जेठसम्म ३ खर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । नेपालको कुल निर्यातले आधा मात्र पेट्रोलियम पआर्थ किन्न समेत नपुग्ने अवस्था देखिन्छ । सवारी साधनको आयातमा ८० अर्ब ५८ करोड विदेशिएको छ । आइरन र स्टीलको आयात १ खर्ब ९७ अर्ब रुपैयाँको भएको छ । यसबीचमा तरकारीजन्य वस्तुको आयात मात्र २६ अर्ब रुपैयाँ बराबरको भएको छ । चिया र कफीको आयात १० अर्ब ४२ करोड रुपैयाँ बराबरको भएको छ ।
मुलुकअनुसार हेर्दा भारतसँग सबैभन्दा धेरै व्यापार भएको देखिन्छ । भारतबाट ९ खर्ब ८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । नेपालबाट भारततर्फ ९४ अर्ब रुपैयाँ बराबरको सामान निर्यात भएको छ । चीनबाट नेपालमा २ खर्ब ७२ अर्ब रुपैयाँको सामान आएको छ । नेपालबाट चीनतर्फ भने मात्र २ अर्ब ४० करोड रुपैयाँको मात्र व्यापार भएको छ ।
भन्सार विभागका अनुसार ११ महिनाको वैदेशिक व्यापारको अवस्था यस्तो छ –
आयात : १४ खर्ब ५३ अर्ब
निर्यात : १ खर्ब ३९ अर्ब
कुल वैदेशिक व्यापार : १५ खर्ब ९२ अर्ब
व्यापार घाटा : १३ खर्ब अर्ब १४

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु