राष्ट्रिय राजनीतिमा साम्राज्यवादको नाङ्गो हस्तक्षेप !

२०८१ असार १० गते, आईतवार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले साम्राज्यवादको नाङ्गो हस्तक्षेप बढेको ठोकुवा गर्दै त्यसविरुद्ध नेकपाका नेताकार्यकर्ताहरुले विशेष भूमिका निर्वाह गर्नु पर्ने बताएका छन् । नेकपा बागमती प्रदेश स्तरीय जनवर्गीय संगठन र जातीय मोर्चाको संयुक्त कार्यक्रमलाई सम्बधन गर्दै उनले सो कुरा बताएका हुन्।


प्रवक्ता प्रकाण्ड सीले व्यवस्था परिवर्तन र राष्ट्रियताका निम्ति अझ उचाइबाट सहकार्य र संघर्ष गर्न आबश्यक रहेको उल्लेख गर्दै कम्युनिस्ट, गणतन्त्रवादी, इमानदार, देशभक्त र प्रगतिशील शक्तिहरुसंग सहकार्य गर्न घेरा फराकिलो बनाउनुपर्नेमा जोड दिए । उनले देशमा डरलाग्दो पलायनता र साम्राज्यवादको नाङ्गो हस्तक्षेप बढेको हुँदा नेकपाका नेताकार्यकर्ताहरुले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताउदै देश र जनताको स्वाधीनता तथा मुक्ति आन्दोलनका साथै अग्रगामी परिवर्तनको लागी फौजी अनुशासनमा रहेर जनताको सेवा गर्न निर्देशनसमेत दिए ।
उक्त कार्यक्रममा श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामलाल सी, केन्द्रीय कार्यालय सदस्य तथा बागमती प्रदेश इन्चार्ज पदम सी, युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष दिनेश सी, उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज विश्लेषण सी ले कार्यक्रममा मन्तव्य राखेका थिए ।


त्यसैगरी अखिल (समाजवादी) का केन्द्रीय अध्यक्ष नरेन्द्र सी, उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज ललित सी, महासचिव प्रकाश सी, उत्पादन तथा आइटी प्रमुख कपिल सी, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का केन्द्रीय महासचिव राजकुमारी सी, केन्द्रीय सदस्य मीना सी, समाजवादी ट्रेड युनियनका केन्द्रीय सह-इन्चार्ज जीवन्त सी, केन्द्रीय अध्यक्ष टेक सी, उपाध्यक्ष नारायण सी लगायतले कार्यक्रममा मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रममा बागमती प्रदेश समिति स्तरीय युवा संगठन नेपाल, अखिल (समाजवादी)अखिल नेपाल महिला संघ (क्रान्तिकारी), समाजवादी ट्रेड युनियन र श्रमिक समुदाय मोर्चाहरुका नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रियाहरु