नेकपा बनेपा नगर समितिको भेला सम्पन्न

२०८१ असार १० गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ती काभ्रे अन्तर्गत बनेपा नगर समितिको भेला सो पार्टीका पोलिटब्युरो सदस्य कमरेड कान्छाराम सीको प्रमुख आतिथ्यता र गोकुल सी को अध्यक्षतामा सम्पन्न भएको छ । उक्त भेलाको उद्घाटन गर्दै नेता कान्छाराम सीले अन्तरास्ट्रिय भुराजनिती र अर्थ राजनितिका कारणले गर्दा ठुला साम्राज्यवादी शक्तिहरूले उत्पीडित रास्ट्र र जनतामाथी उत्पीडन लादिरहेको चर्चा गर्दै त्यसैको प्रतिफल नेपालमा एमसीसी जस्तो रास्ट्रघाती परियोजनामार्फत आउन खोजेको बताए । उनले नेपालको सन्दर्भमा सहि क्रान्तिकारी बिचार बोकेको पार्टी नेपाल कम्युनिस्ट पार्टी भएकाले त्यसमा गोलबन्द हुन अपिलसमेत गरे ।


भेलामा केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज बिन्दु सी, केन्द्रीय सदस्य तथा निर्वाचन २ का इन्चार्ज जितबहादुर सी, केन्द्रीय सल्लाहकार द्वय दीपक सी र सिद्दिबहादुर सी, केन्द्रीय प्रतिनिधि सदस्य तथा काभ्रे जिल्ला सेक्रेटरी प्रेरक सी, केन्द्रीय प्रतिनिधि सदस्य सुरेन्द्र सी र जिल्ला सदस्य तथा जबस इन्चार्ज परिभाषा सी समेतको उपस्थिति रहेको थियो ।
भेलाले गोकुल सी सेक्रेटरी रहेको २१ सदस्यीय बनेपा नगर समितिको निर्वाचित गरेको छ । भेलाको संचालन जिल्ला सदस्य तथा बनेपा नगर इन्चार्ज रामहरी सी ले गरेका थिए

प्रतिक्रियाहरु