चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा ४ जनाको नाम सिफारिस

२०८१ असार १० गते, आईतवार

काठमाडौँ । चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा ४ जनाको नाम सिफारिस गरिएको छ। चिकित्सा शिक्षा आयोगको निर्देशक पद नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले प्रा.डा. गुरुप्रसाद खनाल, प्रा.डा. सुजनबाबु मरहट्टा, प्रा.डा. सुदीप आचार्य र डा. सरला श्रेष्ठलाई सिफारिस गरेको हो । प्रारम्भिक छनोमा परेका १२ जनामध्येबाट खनाल, मरहट्टा, आचार्य र श्रेष्ठलाई नियुक्तिका लागि सिफारिस गरिएको स्रोतले बतायो । ‘उनीहरुको क्षेत्र नै तोकेर नियुक्तिका लागि सिफारिस भएको छ,’ स्रोतले भन्यो, ‘सम्भवतः आजै नियुक्ति हुन्छ ।’
मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी ३ वटा निर्देशनालय र एक बोर्डमा निर्देशक नियुक्त हुनेछन् ।
चिकित्सा शिक्षा आयोगमा निर्देशकका ४ पद रिक्त छन् । चिकित्सा शिक्षा आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ०८० कात्तिक २३ गते राष्ट्रिय योजना आयोगका बरिष्ठ सदस्य डा. रामकुमार फुयालको संयोजकत्वमा ३ सदस्यीय निर्देशक नाम सिफारिस समिति गठन गरेका थिए ।

प्रतिक्रियाहरु