निफ्राको १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

२०८१ असार १० गते, आईतवार

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रान्सटक्चर बैंक लिमिटेड (निफ्रा) को १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आज एक सूचना प्रकाशन गरी आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रान्सटक्चर बैंक लिमिटेड (निफ्रा) को १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जानकारी दिएको हो ।
बैंकले उक्त संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम १०१ रुपैयाँ तोकेको छ । यो सेयर संस्थापक सेयरधनी, सर्वसाधारण, कम्पनी तथा संघसंस्थाहरूले किन्न पाउनेछन् । सेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १० हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।
उक्त संस्थापक सेयर खरीद गर्न चाहनेले बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल वा एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय वा विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन, विरेन्द्रनगर शाखा कार्यालयमा आवेदन दिन सक्नेछन् । आवेदन असार १० देखि १७ गतेभित्र कार्यालय समयसम्म मात्र दिन सकिनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु