पचली भैरवको बाह्र वर्षे जात्रा समापन हुँदै

२०८१ असार १० गते, आईतवार

काठमाडौँ । हरेक १२ वर्षमा निकालिने श्री पचली भैरवको बाह्र वर्षे जात्रा आज समापन हुँदैछ । काठमाडौँको प्रारम्भिक कालखण्डदेखि सुरु भएको धार्मिक, सहिष्णुता, सांस्कृतिक विविधता, शासकीय शक्ति सञ्चयको प्रतीक तथा परम्परागतरुपमा नचाइने यस जात्रालाई नेवार भाषामा ‘गथु प्याखँ’ पनि भनिन्छ । काठमाडौँ भोछेँ ननीमा विधिपूर्वक पचली भैरव गणलाई नचाई सिजाः खुवाइसकेपछि देवगणको सोही स्थानमा मृत्यु हुने परम्परापश्चात् नाच सम्पन्न हुने गर्दछ । विधिपूवर्क पूजाआजा गरिसकेपछि मृतक देवगणलाई बोकेर मरुटोलस्थित काष्ठमण्डप अगाडि विशेष प्रकारले बाजा बजाएर पानी खुवाउने गरिन्छ । त्यसपछि देवगणलाई पचली भैरवको देवता घर ज्यावहालमा पु-याइने गरिन्छ । ज्याबहालमा ल्याइपु¥याएका देवगणलाई पुनः सिबाजा बजाएर टेकुस्थित पचली भैरवस्थानमा लगेर परम्परागत विधिअनुसार पूजाआजा गरिसकेपछि देवगणले लगाउने मुकुण्डोलाई टेकु दोभानमा लगेर जलाई जात्रा सम्पन्न हुने गर्दछ ।
विसं १५५६ तिर काठमाडौँका मल्लकालीन पाँचौँ राजा अमर मल्लले आफ्नो राज्यकालमा यो नाच चलाएको अनुमान गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु