नयाँ जनवाद

२०८१ असार १० गते, आईतवार

नयाँ जनवादबारे छलफल गर्नु भन्दा अघि नौलो जनवादी दृष्टिकोण व्याख्या गर्ने हाम्रो युगमा सबैभन्दा ठूला माक्र्सवादी लेनिनवादी नेता माओत्सेतुङ्ग बारे जान्नु आवश्यक हुन्छ ।

हाम्रो युगमा सबैभन्दा ठुला माक्र्सवादी– लेनिनवादी र विश्व कम्युनिष्ट आन्दोलनको गढ महान् चीनको कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्सेतुङ्गको जन्म चीनको हुनान प्रान्तको शाओशाङ चुन गाउँमा २६ डिसेम्बर १८९३ ईं मा भएको हो । आप्mनै परिवारमा पिताको कठोर शासनको विरूद्धमा सङ्घर्ष गर्दागर्दै वहाँले ठूलो भएपछि अफिमको नशामा लठ्ठिएका चिनियाँ जनतालाई महान् जनवादी क्रान्तिको निम्नि संगठित गर्नु भयो र सङ्घर्षको मैदानमा उत्रिन नेतृत्व प्रदान गर्नु भयो । डा. सुन यात सेनको नेतृत्वमा भएको १९११ को क्रान्ति र मई ४ आन्दोलन जस्ता घटनाले वहाँलाई प्रभावित नपारी छाडेन ।

चिनियाँ जनतालाई दासताको सिक्रीबाट मुक्त गर्न चिनियाँ समाजमा गरिब जनतामाथिको निर्मम शोषणलाई जरैदेखि उखेल्न एउटा स्वतन्त्र, शक्तिशाली नयाँ चीनको निर्माण गर्न १९२१ मा कम्युनिष्ट पार्टीको उदय भयो । माओ यस काँग्रेसमा उपस्थित भएका १२ जना मध्ये १ मा हुनुहुन्थ्यो र वहाँले यस महाधिवेशनपछि हुनान प्रान्तको सेक्रेटरीको जिम्मेवारी वहन गर्ने अभिभारा लिनुभयो । क्रान्तिको रुपमा देखापरेको यो कम्युनिष्ट पार्टीभित्र नेतृत्वदायी कमिटीमा विभिन्न वामपन्थी संकीर्णता र दक्षिणपन्थी अवसरवाद उदाए । यी दुबै बाटोको विरूद्धमा वहाँले निर्मम सङ्घर्ष गर्नु भयो । कोमिङताङ प्रतिक्रियावादीहरुले कम्युनिष्ट मास्ने घिनलाग्दो अभियान शुरू गर्दा इतिहासमा अझसम्म नभएको लामो अभियानको थालनी १९३४ मा भयो । ८ हजार माइलको यात्रा १९३४ मा पुरा गरियो । अभियान सकियो । यसै अभियानको बीचमा पार्टीभित्र देखापरेको दुवै थरिका तत्वहरुको विरूद्धमा सङ्घर्ष

गर्दै त्सुनयी कन्फरेन्स भयो । यसै सम्मेलनले माओत्सेतुङ्गको नेतृत्वलाई स्वीकार ग¥यो ।

यस बेलासम्म च्याङलाई सेक बदनाम भैसकेको थियो र देशभरि गरिबी शोषण र अत्याचारले सीमा नाघिसकेको थियो । जनता च्याङ र कोमिङताङबाट वाक्क भैसकेका थिए । जब जापानी अधिकारीहरुले चीनमा हमला गरे त्यतिखेर पनि च्याङले कम्युनिष्ट मासेपछि मात्र जापानीहरुसँग लड्नुपर्छ भन्ने कुरा उठायो । यसले गर्दा ऊ झन्झन् एक्लो हुँदै गयो र चिनियाँ कम्युनिष्ट पार्टीले अध्यक्ष माओको सही नेतृत्व प्राप्त गरिसकेकोले करोडौं जनताको मन जित्न थालिसकेको थियो । चिनमा ९० प्रतिशतभन्दा बढी जनता किसान भएकोले चीनको मुक्तिको अर्थ किसानको मुक्ति हो र क्रान्तिको अर्थ वहाँकै निर्देशनमा रहेर चिनियाँ कम्युनिष्ट पार्टीले देशको अस्तित्व जोगाउनु प्रमुख कुरा हो भन्दै पहिले जापानी आक्रमणकारीहरुसँग लड्नु पर्ने कुरालाई जनता समक्ष राख्नु भयो । वास्तवमा यो कुरा ठीक भएकोले व्यापक जनसमूहले मन परायो । जनतालाई छल्नको निम्ति गुमेको प्रष्ठिालाई जोगाउने असफल प्रयासको दौरानमा आप्mनै इच्छा विरूद्ध १९३७ मा च्याङले कम्युनिष्ट पार्टीसँग संयुक्त मोर्चाको घोषणा ग¥यो । तर अर्कोतिर कम्युनिष्टहरुलाई निर्मूल पार्ने आप्mनो नीतिमा उसले कुनै परविर्तन ल्याएन । यसै वेला अध्यक्ष माओले ‘अन्तरविरोधवारे’ र ‘व्यवहारवारे’ दुई दार्शनिक महत्वका लेख लेख्नुभयो । जापानी अतिक्रमणकारीलाई हराउन लोकयुद्ध मात्र समर्थवान् छ भन्ने वहाँको दृढ धारणा थियो । वहाँकै नेतृत्वमा सङ्गठित लाल सेनाले गुरिल्ला युद्धको मार्गलई अनुकरण गरेर जापानीहरुलाई धपाउन सफल भयो । १९४० मा माओले नौलो जनवादवारे भन्ने ज्यादै महत्वको पुस्तक लेख्नुभयो । त्यसमा वहाँले विश्वक्रान्तिलाई खुड्किलोमा बाँड्नु भयो । एउटा नौलो जनवादी क्रान्ति र त्यसपछि त्यसै क्रान्तिको समाजवादमा विकास । सामन्ती औपनिवेशिक उत्पीडनमा परेका देशहरुमा हुने क्रान्ति नौलो जनवादी क्रान्ति हो भनेर घोषणा गर्नु भयो ।

                दोस्रो विश्वयुद्ध सकिएपछि अमेरिकी साम्राज्यवादीहरुको टेको पुँडो पाएर कोमिङताङ प्रतिक्रियावादी सरकारले ‘घेराऊ र उन्मुलनको’ योजनालाई झन् तीब्र कुचक्र शुरू ग¥यो । तर देशलाई जापानी आक्रमणकारीहरुको पञ्जाबाट मुक्त गराउने र किसानहरुलाई सामन्ती जुवाबाट फुक्का गराउने महान् लक्ष्यमा सफलता प्राप्त गर्दै गएको कम्युनिष्ट पार्टी जो अब देशको भाग्य निर्माता भैसकेको थियोलाई ‘निमूल पार्ने’ षडयन्त्र हुटिटयाउले सगर थाम्ने दुष्साहस गरे जस्तै थियो । मजदुर किसान एकताको आधारमा क्रान्तिकारी विद्यार्थी, युवा, बुद्धिजीवी र राष्ट्रिय पुँजीपतिहरुको संयुक्त मोर्चाको अगाडि च्याङको संयु्क्त गुट पराजित भयो । अक्टोवर १९४९ को दिन विश्वमा साम्राज्यवादी र प्रतिक्रियावादीहरुको सातो उडाउँदै जनवादी गणतन्त्र चीन उदायो । वहाँ राष्ट्रपति पनि हुनु भयो ।

त्यसवेला देखि अहिलेसम्ममा विश्व कम्युनिष्ट आन्दोलन र चीनले पनि निकै बाङ्गोटिङ्गो वाटो पार गरिसक्यो । विश्व कम्युनिष्ट आन्दोलनमा देखापरेको छ खुश्चोभी संशोधनवाद र सोभियत संशोधनवादको सामाजिक साम्राज्यवादमा विकास भएको कुरालाई अध्यक्ष माओले छर्लङ्ग पार्नु भयो । यसरी विश्व स्वाधीनता संग्रामलाई धोका दिने र युगलाई घृणा गर्ने संशोधनवादी मार्गको भत्र्सना गर्नुभयो र विश्व कम्युनिष्ट आन्दोलनलाई सही दिशा प्रदान गर्नु भयो । आज उहाँकै नेतृत्वमा समाजबादी चीन विश्व क्रान्तिको बलियो किल्ला बनेको छ । देशभित्र पनि नौलो जनवादी व्यवस्थालाई पार गरेर समाजवादी निर्माणमा चीन लागेको छ । यस कठोर बाटोमा पनि चीनको खुश्चोभ गद्दार ल्यूशओचीले पुँजीवादका पुनस्र्थापनाका निम्ति भरमग्दुर कोशिश ग¥यो तर अध्यक्ष माओकै निर्देशन र नेतृत्वमाथि लिएको महान् सर्वहारा साँस्कृतिक क्रान्तिले गद्दार ल्यू शाओ चीका भण्डाफोर गरिदियो । अध्यक्ष माओको यो भनाइ छ कि ‘समाजवादमा पनि वर्ग सङ्घर्ष विधमान रहन्छ’ ठिक सावित भयो । आज चिनियाँ कम्युनिष्ट पार्टी अध्यक्ष माओले देखाएको बाटोलाई अनुशरण गर्दै विश्व क्रान्तिकै आशाको केन्द्र बनेको छ । सोभियत संशोधनवादीको हातमा विश्व क्रान्तिको नेतृत्व चिनियाँ कम्युनिष्ट पार्टीमा आएको छ । सङ्घर्ष, आलोचना र रुपान्तरलाई अँगालेर आज चिनियाँ कम्युनिष्ट अमेरिकामा आएको क्रान्तिकारी ज्वारभाटालाई सघाउन सक्ने भएको छ । के हिन्द चीन, के फिलिस्तिनीले जनता र के अफ्रिकी जनता यसैलाई ७० करोड चिनियाँ जनता समर्थकले अझ बढी साहस प्रदान गरेको छ । यी सबै कुरा सम्भव भएको छ अध्यक्ष माओको कुशल नेतृत्वले । माओत्सेतुङ्ग विचारधारा हाम्रो युगको माक्र्सवाद लेनिनवाद हो र कुनै पनि कम्युनिष्ट पार्टीले आज माओत्सेतुङ्गको विधारधारालाई नअंगाली क्रान्तिको बाटोमा लाग्नै सक्दैन । आज विश्वमा नै मुक्ति आन्दोलनको इतिहासले यो कुराको पुष्टि गरेको छ ।

एशिया, अफ्रिका र ल्याटिन अमेरिकाका बहुसंख्यक देशहरुमा सामन्ती शोषण कायम छ । किसानहरु कष्टपूर्ण जिन्दगी विताइरहेका छन् यसको साथसाथै यी देशहरुको अर्थतन्त्रमा साम्राज्यवादी मुलुकहरुको रजाई छ । साम्राज्यवादीहरुले यहाँका कच्चा माल र प्राकृतिक सम्पदालाई आप्mनो मुलुकमा ओसारेर निर्मम आर्थिक शोषण गरेका छन् । यी मुलुकहरुलाई आप्mने तयारी माल बिक्री गर्ने बजार बनाएका छन् । यसरी सामन्ती र साम्राज्यवादी शोषण भएका मुलुकहरुलाई अर्ध सामन्ती र अर्ध औपनिवेशिक देश भन्दछन् । त्यसैले एशिया, अफ्रिका र ल्याटिन अमेरिकाका देशहरु अर्ध औपनिवेशिक देश भनिन्छन् ।

निर्मम शोषणलाई सधैँको निम्ति मेटाउनलाई यी देशहरुमा जन–सङ्घर्ष तीब्र गतिले उर्लदैछ । साम्राज्यवाद र सामन्तवादको विरोध गर्नु नै यी क्रान्तिहरुको मुख्य लक्ष्य देखिन्छ । नौलो जनवादी क्रान्ति भनेको यिनै अर्ध औपनिवेशिक र अर्ध सामन्ती देशका जनताले शुरू गर्नुपर्ने क्रान्ति हो । नौलो जनवादी क्रान्ति स्वभावैले सामन्तवाद र साम्राज्यवाद विरोधी हुन्छन् र यस क्रान्तिमा सर्वहारावर्गको नेतृत्व मा तमामा क्रान्तिकारी एक गठ हुन्छन् र आप्mनो दुश्मन र सामन्तवाद र साम्राज्यवादलाई चौतर्फी हमला गर्छन् । सर्वहारावर्गको नेतृत्व भन्नुको अर्थ कम्युनिष्ट पार्टीको नेतृत्व भन्नु हो र यस क्रान्तिमा सामन्तवाद र साम्राज्यवादको विरोध गर्ने जुनसुकै वर्ग वा व्यक्तिहरु पनि सम्मिलित हुन सक्छन् । साँच्चै भन्ने हो भने सर्वहारा वर्गको नेतृत्वका तमाम सामन्तवाद र साम्राज्यवाद विरोधी शक्तिहरुको संयुक्त मोर्चा गठन हुन्छ । यो संयुक्त मोर्चा मजदुर वर्गको नेतृत्वमा किसान मजदुर एकताको आधारमा तमाम क्रान्तिकारी युवक, बुद्धिजीवी, विद्यार्थी, निम्न मध्यम वर्ग र राष्ट्रिय पुँजीपति वर्ग मिलेर बनेको हुन्छ र क्रान्ति पछि क्रान्तिकारीहरुको संयुक्त अधिनायकत्व कायम रहन्छ । यो क्रान्ति पुरानो खालको पुँजीवादी विश्व क्रान्तिको अभिन्न अङ्ग नभएर नयाँ खालको समाजवादी विश्व अङ्ग मानिन्छ । समाजवादी क्रान्तिको अभिन्न अङ्ग भएकोले यसले साम्राज्यवाद र प्रतिक्रियावादको शक्तिबाट सहयोग मात्र नपाउने होइन कि उल्टो तीब्र प्रतिरोध सहनु पर्ने हुन्छ र समाजवादी शक्तिबाट समर्थन पाउने गर्छ ।

एशिया, अफ्रिका र ल्याटिन अमेरिकाका बहुसंख्यक देशहरु अविकसित छन् । त्यहाँका बहुसंख्यक जनताहरु खेतीमा भर पर्छन् । मुठ्ठीभर सामन्तहरुको हातमा सम्पूर्ण जमिनको स्वामित्व हुन्छ र ती सामन्तहरु राजसत्ताको आडमा किसानहरुलाई वर्ष भरिनै खेतमा काम र्ग लगाएर प्रायः सम्पूर्ण उब्जनी लुटेर राख्दछन् । उनीहरुलाई यस निर्मम शोषणको कार्यमा साम्राज्यवाद समेतले सहयोग पु¥याउँछ । त्यसैले यी देशहरुको क्रान्ति भनेको किसान क्रान्ति हो र मुक्तिको प्रश्न भनेको किसान मुक्तिको प्रश्न हो । किसानहरुलाई आन्दोलित गरेर मात्र जनवादी क्रान्ति पुरा हुन सक्छ ।

चीनको जनवादी क्रान्ति भन्दा अगाडि चीन पनि एउटा अर्ध सामन्ती र आधै औपनिवेशिक देश थियो अध्यक्ष माओले चिनियाँ क्रान्तिको व्याख्या गर्नु भयो र यसको स्वरुप निर्धारण गर्नु भयो । उहाँले माक्र्सवाद लेनिनवादलाई चीनको ठोस वस्तु स्थितिमा विश्लेषण गर्नु भयो । चिनियाँ क्रान्तिलाई दुई खुड्किलोमा बाँडेर के कुराको किटान गरेर भन्नु भयो भने नौलो जनवादी क्रान्ति (पहिलो खुड्किलो) पूरा नगरी समाजवादी क्रान्ति (दोस्रो खुड्किलो) मा प्रवेश गर्न सकिँदैन । चीनको वस्तु स्थितिमा यो कुरा सत्य सावित भयो । यसले के कुरा प्रष्ट पारिदियो भने जुनसुकै अर्ध सामन्ती र अर्ध औपनिवेशिक देशको क्रान्तिको दुई चरण हुन्छ, जसमध्ये पहिलो चरण नौलो जनवादी क्रान्ति हो । र क्रान्ति पूरा नगरी कुनै पनि देश समाजवादमा प्रवेश गर्न सक्दैन ।

समाज विकासको माक्र्सवादी नियमलाई हेर्ने हो भने सामन्तवाद पछि पुँजीवाद आउँछ र त्यस पछि मात्र समाजवाद आउँछ । कुनै पनि समाज सामन्तवादबाट फडको हानेर एकै पटक समाजवादमा प्रवेश गर्न सक्दैन । यस्तै नियमको आड लिएर माक्र्सवादलाई अन्धविश्वास चलाउन चाहने केही पंडितहरु एसिया, अफ्रिका ल्याटिन अमेरिकाका देशहरुमा पुँजीवादी क्रान्ति हुन सक्दैन भन्ने कुरामा जोड दिन्छन् उनीहरुको तर्क के छ त भने समाजवादी क्रान्ति गर्नको निम्ति पहिले पुँजीवाद कायम हुनैपर्छ, वास्तवमा यो पच्चीसै आना ढाँट भनाई हो । यो समयको वेगलाई माक्र्सवादी–लेनिनवादी आधारमा अध्ययन गर्न नसक्नेहरुको विर्सजनवादी भनाई सिवाय केही होइन ।

सामन्तवादलाई मास्नको निम्ति पुँजीपति वर्गले क्रान्तिकारी भूमिका खेल्छ । यस मानेमा सामन्तवाद भन्दा पुँजीवाद प्रगतिशील हुन्छ । युरोपेली वर्ग खासगरी फ्रान्सिसी पुँजीपतिहरुले सामन्तवादलाई उखेल्नमा ऐतिहासिक भूमिका खेलेका पनि थिए । तर आज एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका पुँजीपति वर्गमा त्यो क्रान्तिकारी स्वभावको अभाव छ । त्यहाँको पुँजीपति वर्ग साह्रै कमजोर पनि छ । त्यसैले अब यो वर्गले सामन्तवादलाई मास्नमा नेतृत्वदायी भूमिका खेल्न सक्दैन । बरू कुनै उठाउने कामबाट ग्रामीण इलाकाको शोषण गर्ने व्यवस्थासित गहिरो गरी गाँसिएकोले र साम्राज्यवादको रक्षा गर्दा आप्mनो स्वार्थको रक्षा हुने हुनाले यो वर्गले प्रतिक्रान्तिकारी भूमिका खेल्छ । पुँजीवादी क्रान्तिको नेतृत्व गर्नुको सट्टा यो वर्गमा साम्राज्यवादको चाकरी गर्ने प्रवृत्ति देखिन्छ । आज एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा देशहरुमा यस्तै पुँजीपतिको बोलवाला छ र यस्ता पुँजीपति वर्गलाई दलाल पुँजीपति भन्दछन् । यो वर्ग जनवादी क्रान्तिमा जनताको पनि दुश्मन शिविरमा पर्छ र क्रान्तिकारीहरुले यसको विरूद्धमा पनि निर्मम सङ्घर्ष चलाउनै पर्छ । पुँजीपति वर्गको एउटा सानो डप्mफा साम्राज्यवादी विरोधी हुने गर्छ । यसमा केही मात्रामा भए पनि राष्ट्रिय चरित्र भएको हुनाले यसलई राष्ट्रिय पुँजीपति भन्दछन् । यो वर्ग नौलो जनवादी क्रान्तिको बेलासम्म क्रान्तिकारीहरुको संयुक्त मोर्चामा पर्न सक्छ । तर यो वर्ग बारे पनि स्पष्ट दृष्टिकोण राख्नु आवश्यक छ । यो वर्गमा पाइने खास प्रवृत्तिमा उसको ढुलमुल नीति हो । बलियो दुश्मन अगाडि आइपर्दा यसले तिनीहरुको विरूद्धमा जनतालाई साथ दिन्छ तर जनताको सङ्घर्ष चर्पन थालेपछि यो वर्ग क्रान्तिको विरोधमा उभिन्छ यस्तो स्वभाव भएको हुनाले यी वर्गले पनि क्रान्तिको नेतृत्व गर्न आउँदैन ।

एकातिर पुँजीपति वर्गमा अब त्यो क्रान्तिकारी प्रवृत्ति नभएकोले यस वर्गको नेतृत्वमा पुँजीवादी क्रान्ति हुन सक्दैन भने अर्कोतिर विश्वको ठूलो भू–भागमा समाजवादको स्थापना भएकोले र विदेशी थिचोमिचोमा परेका सबैजसो मुलुकहरुमा क्रान्तिकारी ज्वारभाटा तीब्र हुँदै गएकोले साम्राज्यवादले हिजो भन्दा पनि बढी मात्रामा आप्mना उपनिवेशहरुमा भर गर्नुपरेको छ । यो देशहरुमा पुँजीवादको विकास हुनुको अर्थ साम्राज्यवादले आप्mनो एकाधिपत्य गुमाउनु हो, आपूmलाई कमजोर र असहाय तुल्याउनु हो । कुनै पनि देशमा पुँजीवादको स्थापना हुनुले साम्राज्यवादलाई उसको बजार उसबाट खोसिदिन्छ । त्यसैले आज साम्राज्यवाद पनि यी मुलुकहरुमा पुँजीवादको स्थापनाको निम्ति तगारो भएको छ ।

तर पुँजीपति वर्गले क्रान्तिकारी भूमिका नखेल्दैमा वा साम्राज्यवादले यी देशहरुमा पुँजीवादको विकासमा तगारो हाल्दैमा समाज विकासको क्रम रोक्दैन । समाज विकासको नियम त यी प्रतिक्रियावादीहरुको इच्छा र ढिपी भन्दा स्वतन्त्र छ । अब यो क्रान्ति पुरा गर्ने जिम्मेवारी सर्वहारा वर्गको काँधमा आएको छ । आप्mनो नेतृत्वमा क्रान्ति गर्ने हुनाले सर्वहारा वर्गले क्रान्तिपछि राजसत्तामा पुँजीपतिलाई अधिकार जमाउन दिने छैनन् । आप्mनो नेतृत्वक्रान्ति पुरा गरेकोले क्रान्तिपछि राजसत्ता आफैले कब्जा गर्ने छ । पुँजीवादी अधिनायकत्वको साटो क्रान्तिहरुको संयुक्त अधिनायकत्व कायम गर्नेछ । केही वामपन्थी फलको फलाक्नेहरु एकैपटक समाजवादी क्रान्ति र सर्वहारा वर्गको अधिनायकत्वको कुरा गर्छन् । तर पुँजीको विकास समाज क्रान्तिको पूर्व शर्त हो साम्राज्यवादी शोषणमा परेर पिछडिएको अर्थ व्यवस्थामा भएकोले एकैपटक समाजवादी क्रान्ति पुरा हुन सक्दैन । त्यही पुँजीको विकास, स्वस्थ्य र सबल अर्थ व्यवस्थाका निर्माणकै निम्ति यो नौलो व्यवस्था ल्याउनुपर्ने हो क्रान्ति सर्वहारा वर्गले एक्लै पूरा नगरी तमाम क्रान्तिकारी वर्गको संयुक्त मोर्चाको गर्ने हुनाले क्रान्ति पछि एकै पटक सर्वहारा अधिनायकत्वको कुरो गर्नु युक्ति संगत देखिंदैन । त्यसले जनवादी अवस्थाभरि तमाम क्रान्तिकारी वर्गको संयुक्त अधिनायकत्वको बाटो नै सही बाटो हो ।

पुरानो खालको पुँजीवादी क्रान्ति हुन नसक्ने र समाजबादी क्रान्तिको निम्ति वस्तुस्थिति तयार नभएकोले नै नौलो जनवादी क्रान्ति गर्नु परेको हो । यो जनवादलाई जनवाद किन भनिएको हो भने यो पुरानो खालको पुँजीवादी जनवाद भन्दा भिन्न छ । पुरानो जनवादमा मुठ्ठीभर चुसाहा वर्गले हातहतियार, सैनिक, जेलनेल, नियम कानुन सवैलाई आप्mनो वर्गको स्वार्थको निम्ति उपयोग गर्छन् । त्यसैले त्यो जनवाद नभएर पुँजीवाद अधिनायकवाद हुने गर्छ । तर अब क्रान्तिपछि आउने जनवाद ९० प्रतिशत किसान मजदुर र क्रान्तिकारी वर्गले सञ्चालन गर्ने जनवाद हो । यो यसकारणले नौलो जनवाद हो कि यसले पुरानो खालको अल्पसंख्यक रजाई गर्ने जनवादभन्दा बहुसंख्यकले भाग लिएका जनवादको स्थापना गर्छ । वास्तवमा सही जनवाद पनि यही नै हो ।

माओत्सेतुङ्ग भन्नुहुन्छ “राज्य व्यवस्था भनेको सबै क्रान्तिकारी वर्गको संयुक्त अधिनायकत्व, शासन व्यवस्था भनेको जनवादी केन्द्रियता, नयाँ जनवाद यही राजनीति हो । यही नै नयाँ जनवादको गणतन्त्र हो ।” नयाँ जनवादी व्यवस्था एउटा संक्रमणकालीन व्यवस्था हो । यो एउटा खास ऐतिहासिक अवधिको निम्ति हरेक अर्ध सामन्ती औपनिवेशिक देशले कायम गर्नुपर्ने व्यवस्था हो । तमाम क्रान्तिकारी वर्गले भाग लिएकोले यस क्रान्तिपछि राजसत्तामा उनीहरुकै संयुक्त अधिनायकत्व रहन्छ । शासन व्यवस्थामा पनि प्रत्येक वर्गको आप्mनो स्थिति अनुसार उसको अंश रहन्छ जनवादी केन्द्रीयता भन्नाले यौन, धर्म, जेथा वा शिक्षाको कुनै भेदभाव नगरी साँचो अर्थमा आय छनौट र समान मताधिकारको व्यवस्था हो । यस्तो अवस्थामा आधारित सरकारले मात्र तमाम क्रान्तिकारी जनताको इच्छालाई पूर्ण रुपमा प्रकाशित गर्न सक्छ र क्रान्तिको दुश्मनहरु सित अझ बढी सफलता पूर्वक लड्न सक्छ ।

अर्थ व्यवस्था जग र राजनीति अर्थ व्यवस्थाको केन्द्रिभूत रुप भएकोले राजनीतिक दृष्टिकोणले मात्र जनवादी ढाँचा ल्याएर पुग्दैन । अर्थतन्त्रमा पनि नौलो जनवादी व्यवस्था हुनै पर्छ । जनवादी अर्थव्यवस्था भन्नाले त्यस्तो अर्थ व्यवस्थालाई भन्दछन् जुन व्यवस्थामा व्यक्तिगत सम्पक्तिले सर्वसधारण जनताको जीवनमा प्रभुत्व कायम गर्न नसकोस् भन्ने दृष्टिकोण राखिएको हुन्छ । ठूलो उद्योग तथा वाणिज्य प्रतिष्ठानहरुमा राज्यको स्वामित्व रहने छ । पुँजीपतिहरुकै एकाधिपत्यमा रहेको भएतापनि व्यक्तिगत रुपमा सञ्चालन गर्ने व्यावसायिक प्रतिष्ठानहरुलाई पनि राज्यले सञ्चालित गर्ने छ । यस खुड्किलोसम्म पुँजीवादी उत्पादनको विकासमा बाधा राखिदैन किनभने यी देशहरुको अर्थ व्यवस्था अझै पिछडिएको हुन्छ । तर जुनसुकै अवस्थामा पनि राष्ट्रिय अर्थतन्त्रको नेतृत्वकारी शक्तिको रुपमा सर्वहारावर्गले नेतृत्व गरेको नौलो जनवादी गणतन्त्रद्वारा सञ्चालित व्यवसायहरु नै पर्ने छन् ।

जमिनको हकमा जमिनदारहरुबाट खोसिएको जमिनलाई भूमिहीन र अलिकति मात्र भूमि हुने गरिब किसानहरुमा वितरण गरिने छ । यसको निम्ति उपयुक्त नारा ‘जसको जोत उसको पोत’ हो । ग्रामीण इलाकाहरुबाट सामन्ती सम्बन्धलाई निर्मूल पारिने छ । जमिनमा किसानहरुको स्वामित्व स्थापित गरिने छ । यति बेलासम्म खेतीमा समाजवादी व्यवस्था खडा गरिने छैन तर जसको जोत उसको पोतको आधारमा ………..विभिन्न किसिममा सहकारी व्यवसायहरुमा समाजवादका तत्वहरु सामेल रहने छन् । यस प्रकार नयाँ जनवादी अर्थ व्यवस्थामा अझसम्म चुसेर मोटाई बसेका मुठ्ठीभर चुसाहा वर्गको हातबाट अर्थतन्त्रलाई खोसेर सर्वहारा वर्गको नेतृत्वमा तमाम क्रान्तिकारी वर्गको संयुक्त मोर्चालाई हस्तान्तरित गरिने छ । अर्थ व्यवस्थालाई यस्तो प्रकारले सञ्चालन गरिने छ कि जसले गर्दा एउटा खास अवस्थामा पुगेपछि समाजवादमा प्रवेश गर्न मद्दत मिल्ने छ । वास्तवमा यस वेला समाजवादको स्थापनाको निम्ति उपयुक्त वातावरणको सिर्जना गरिन्छ र त्यसको निम्ति माटो मलिनो पारिन्छ ।

माओत्सेतुङ्ग भन्नुहुन्छ– “जसले पनि संस्कृति विशेष समाजको राजनीति अर्थ व्यवस्थाको विचाराधारात्मक प्रतिबिम्ब हो ।” यस मतबाट के प्रष्ट हुन्छ भने अर्ध औपनिवेशिक हुन्छ । त्यसो हुनाले राजनीति र अर्थतन्त्रमा जनवादी क्रान्ति गर्दा सांस्कृतिक फाँटमा पनि क्रान्ति हुन आवश्यक छ । साँस्कृतिक क्षेत्रमा हुने यो क्रान्तिले अर्थ सामन्ती र अर्ध औपनिवेशिक संस्कृतिलाई ध्वस्त पारेर सर्वहारा वर्गको नेतृत्वमा चल्ने विशाल जन–समूहको साम्राज्यवाद विरोधी र सामन्तवाद विरोधी नयाँ जनवादी संस्कृतिको स्थापना गर्छ । यो संस्कृतिको स्वरुप राष्ट्रिय हुन्छ र विश्व सर्वहारा समाजवादी नयाँ संस्कृतिको अङ्ग हुन्छ ।

नयाँ जनवादी सांस्कृतिक व्यापक जनसमूहको संस्कृति हो । यो वैज्ञानिक छ र तमाम सामन्ती विचार अन्ध विश्वासको विरोधमा उभिएर तथ्यहरुको आधारमा सत्य खोतल्ने पक्षमा छ । कुनै देश वा कालको संस्कृतिको अन्धानुकरण गर्ने कुराको यो विरोधी छ । पुरानो वा विदेशी संस्कृतिलाई जाँचबुझ गरी यिनीहरुमा भएको काम लाग्ने कुरालाई ग्रहण गर्ने पक्षमा छ । अझै सम्पूर्ण रुपमा समाजवादी संस्कृति नभैसकेता पनि यसले कम्युनिष्ट विचारधाराको नेतृत्वकारी भूमिका खेल्न मजदुर किसानहरु तथा जनताका अरू श्रेणीहरुमा समाजवाद र साम्यवादका विचारहरु फिजाउने गर्छ । यी नयाँ संस्कृतिले नयाँ जनवादी क्रान्तिपछि त्यस देशलाई समाजवादमा खेल्छ ।

                यसप्रकार नयाँ जनवादी राजनीति, नयाँ जनवादी अर्थ व्यवस्था र नयाँ जनवादी संस्कृतिलाई मिसाउनमा साथै एउटा नयाँ जनवादी गणतन्त्र जन्मिन्छ जो साँचो अर्थमा ९० प्रतिशतभन्दा बढी जनतालाई प्रतिनिधित्व गर्ने जनवादी गणतन्त्र हुन्छ ।

 –हस्तबहादुर के.सी. द्वारा संकलित तथा सम्पादित पुस्तक ‘माओत्सेतुङका प्रमुख लेखहरु’ बाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु