मुख्यसचिव बैकुण्ठ अर्याललाई भ्रष्टाचारको मुद्दा !

२०८१ असार १० गते, आईतवार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । अनुसन्धानबाट नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा अर्यालको संलग्नता भएका देखिएपछि अर्याल विरुद्ध मुद्दा दायर गर्ने निर्णय भएको हो। उक्त फाइल विशेष अदालत पठाइएको छ।
अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्यलाई पनि प्रतिवादी बनाइएको छ। शाक्य आन्तरिक राजश्व विभागका महानिर्देशक हुँदा अन्तःशुल्क स्टिकरमा भ्रष्टाचार गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ।
खरिद प्रक्रियामा तत्कालीन एक मन्त्री पूर्वसञ्चार मन्त्रीहरू मोहनबहादुर बस्नेत र ज्ञानेन्द्रबहादुर कार्की पनि संलग्न रहेको आरोप छ । आयोगले उनीहरूमध्ये एक जनालाई प्रतिवादी बनाउने निर्णय गरेको हो।
अर्याललाई सरकारले विसं २०८० जेठ ३२ गते मुख्यसचिव नियुक्त गरेको थियो। अर्यालले २०८० असार २ मा सचिवको पाँच वर्षे कार्यकालबाट अवकाश पाउँदै थिए। त्यसको ३ दिनअघि नै सरकारले उनलाई मुख्यसचिव नियुक्त गरेको थियो।

प्रतिक्रियाहरु