‘चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबिच सहकार्यको वातावरण बनेको छ’

२०८१ असार ११ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज माइला सीले नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीकाबिच सहकार्यको वातावरण बनेको बताएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा १० दिने चीन भ्रमण सकेर नेपाल फर्किएका नेता माइला सीले संचार्कर्मी तथा आफ्ना नेताकार्यकर्ताहरुसङ्ग अनुभूति सुनाउदै सहकार्यको राम्रो वातावरण बनेको बताएका हुन् । नेकपा काठमाडौं जिल्ला समितिले आयोजना गरेको अन्तर्राष्ट्रिय बिभागको निमन्त्रणामा गरिएको चीन अध्ययन भ्रमण र त्यसको समिक्षा कार्यक्रममा बोल्दै उनले चीन पुगेर चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुसङ्ग नेपाली कम्युनिस्ट आन्दोलन कम्युनिस्टहरुमा देखिएका समस्या एकताको बिषयमा छलफल गर्दै चिनियाँ कम्युनिस्ट पार्टीको बिकाश चिनमा भएको बिकाशको गति आर्थिक समुन्नति लगगायतको बिषयमा अनुभव साटासाट गर्दा सीपीसी हामिसङ्ग सहकार्य गर्न सकारात्मक रहेको बताए। उनले भने- “हाम्रो भ्रमण दल र त्यहाँका बिभिन्न प्रान्तका नेताहरुसङ्ग जुन किसिमको कुरा भयो त्यहाबाट दुबैपक्ष एकार्काप्रती प्रभाबित भयौं चीन र नेपालमा भएको समग्र र कम्युनिस्ट आन्दोलन र त्यसको उपलब्धिबारे अनुभूति साटासाट भयो त्यहाका नेताहरुले हामिप्रति हाम्रो पार्टीप्रती देखाएको सदासयताले सम्बन्ध बिस्तारको ढोका खुलेको छ।”
उनले अध्ययन भ्रमणबाट आफुले सिकेका र समग्र नेपालका कम्युनिस्टहरुले सिक्नुपर्ने धेरै कुराहरु त्यहाँ आफुले पाएकोमा साच्चै कम्युनिस्ट सरकार कस्तो हुनुपर्छ कम्युनिस्ट आचरण कस्तो हुनुपर्छ भन्ने ज्ञान प्राप्त गरेको बताए।
नेता माईला सीले आफुले चीन भ्रमणबाट सिकेको देखेको र १० दिनसम्मको भ्रमणको अनुभूति सुनाउदै भने – कृषि बैज्ञानिकहरुबाट लक्ष अनुसारको उपल्ब्धी भएन भने हटाइदो रहेछ र अर्को नियुक्ती गरिन्छ चरणवद्ध यो प्रकृया चल्दो रहेछ यसले आफ्नो सेक्टरमा जिम्मेवारबोध गराउछ।
विश्व भरिका जनताहरुलाई सस्तो दरमा उपभोग्री सामान उपलब्ध गराउने सामाजिक सोचबाट प्रभाबित आफ्नो परंपगत सस्कृतिको संरक्षक गर्ने शैली लोप उन्मुख मानिसहरुलाई दिइने सुबिधा लोभलाग्दो छ ।
कन्फ्युसियसलाई कम्युनिस्ट मन्दिरमा राखेर गरिएको सम्मान जुन उचाही त्यो मन्दिरको छ त्यो भन्दा अग्लो घर चिनमा बनाउन इजाजत छैन त्यो उनिप्रतिको उच्च सम्मान हो।
होग्स्याओ गाउँको महिला सेनाहरुको अबस्थिती जो जापनिज साम्राज्यवाद संगको लडाइँमा देखाएको बलिदानीपुर्ण बिरताजनताको संस्कृतिलाई सम्मान गर्न सकिएन भने जनता क्रान्तिको बिपक्षमा जान्छन् । चिनियाँ कम्युनिस्ट पार्टीमा जनताको चाहना र भावनाको उच्च कदर गर्ने सस्कृती छ।
चिनियाँ कम्युनिस्ट पार्टीको बितरा र बलिदानीको इतिहास अभिस्मरणिय र भावुक थियो जुन म्युजिएममा प्रष्ट देखिन्थ्यो । जसले ईतिहास भुलेउ भने चीनको अस्तित्व छैन भन्ने कुराले प्रेरित गरिरहेको छ।
चिनियाँहरुमा अहिले देखिएको उर्जा ब्यबस्थित हाइजनिक खाना समय ब्यवस्थापनमा स्मार्ट क्याडर भन्दा लिडर पहिले पुग्ने कल्चर।
बडी म्यान्डेन लोभलाग्दो, महिला गर्ववती हुदा देखि नै डाक्टरको ब्यबस्था एउटा डाक्टरले सकुसल प्रजनन गराउन सकेन भने त्यो डाक्टरले सजाए भोग्नु पर्छ। समयको सहि सदुपयोगले चिनियाहरुले आज यो अबस्थामा देश खडा गरेका हुन्।
सहरी विकासको खाका ब्यबस्थित र वैज्ञानिक स्वच्छ सफा र प्रदुषण रहित भएको लगायतका थुप्रै अनुभूतिहरुको समिक्षा भएको थियो।
नेकपाका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज चिरन सीको अध्यक्षता अथा संचालनमा सुरु भएको कार्यक्रममा
प्रमुख अतिथि माइला सी, भ्रमण दलका सदस्य तथा नेकपाका केन्द्रीय सदस्य खगेस्वर सी, केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज बिपिन सी,अतिथी कृष्ण सी,केन्द्रीय सदस्य आरोह सी, केन्द्रीय सदस्य भृकिटी सी,लगाएत नेकपा केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा जिल्ला सदस्यहरुको आतिथ्यता रहेको थियो।-शाहाश भट्ट

प्रतिक्रियाहरु