नेकपाका नेता माइला सी ‘राष्ट्रिय प्रतिभा पुरस्कार’बाट सम्मानित

२०८१ असार ११ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज माइला सी ‘राष्ट्रिय प्रतिभा पुरस्कार’बाट सम्मानित हुने भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार माइला सी नाट्य तथा संगीत विधा तर्फको ‘राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सम्मानित हुने भएका हुन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हरेका वर्ष विभिन्न विधाहरुमा सम्मान गर्दै आएको छ । यो वर्ष जनवादी, सांस्कृतिक र सांगीतिक आन्दोलनका स्थापित व्यक्तित्व जनप्रीय कलाकार, संगीतकार माइला सी सम्मानित हुने भएका हुन् ।
त्यस्तै, ललितकला विधाबाट सन्त कुमार शाका ‘राष्ट्रिय प्रतिभा पुरस्कार’बाट सम्मानित हुने भएका छन् । मन्त्रालयले यी दुबै विधामा प्रदेशस्तरमा पनि सम्मानित हुनेहरुको नाम सार्वजनिक गरेको छ ।

प्रतिक्रियाहरु