नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेशद्वारा धान रोपाइँको उद्घाटन

२०८१ असार १२ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेशले धान रोपाइँको उद्घाटन गरेको छ । असार १० गतेदेखि मसान्तसम्म उत्पादनको लागि सिङ्गो पार्टी पङि्तलाई बिदा दिने निर्णय पार्टी केन्द्रले गत वर्षदेखि नै गरेपछि नेकपा देशैभरी बर्खेबाली उत्पादनमा जुटेको छ । यसै सन्दर्भमा नेकपा गण्डकी प्रदेशले कार्यलयको करिब १३ रोपनी जमिनमा धान र तरकारी खेती सुरु गरेको छ । आज बर्खे बिदाको पहिलो दिन पार्टी स्थायी समिती सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज कमरेड उमा सी शिलुको नेतृत्वमा धान रोपाइँको सुरुवात गरेको छ ।
रोपाइँको उद्घाटन गर्दै नेतृ शिलुले आत्मनिर्भर पार्टी र आत्मनिर्भर नेताकार्यकर्ताको पार्टी नितिलाई आफुहरुले कार्यन्वयन गरेको बताइन् । पार्टीका केन्द्रीयदेखि जिल्ला र स्थानीय नेताहरुको समेत सहभागिता रहेको रोपाइँ कार्यक्रममा उपस्थित सबै सहभागीहरु उत्साहित देखिएको केन्द्रीय प्रतिनिधि समिती सदस्य तथा गोरखा जिल्ला सेक्रेटरी काजी सीले बताए । आजको श्रम कार्यमा प्रदेश, जिल्ला र जबस गरेर ४५ जनाको सहभागिता रहेको उत्पादन विभाग प्रमुख उषा सीले बताइन् ।

प्रतिक्रियाहरु