४३ वटा मेनपावर कम्पनी खारेज

२०८१ असार १२ गते, मंगलवार


काठमाडौँ । वैदेशिक रोजगार विभागले ४३ वटा मेनपावर कम्पनीको खारेजी तथा धरौटी फिर्ता गरिएको जनाएको छ। यसैगरी, विभागले चालु आर्थिक वर्षको जेठ महिनासम्ममा ६१ वटा नयाँ मेनपावर कम्पनी दर्ता गराएको हो ।
विभागले ११ महिनाको प्रगति विवरण सार्वजनिक गर्दै वैशाखसम्म ५८ वटा र जेठमा ३ वटा नयाँ मेनपावर कम्पनी दर्ता गराएको हो । यो अवधिमा
वार्षिक तीन हजार जनासम्म कामदार पठाउने कम्पनीलाई ५० लाख नगद धरौटी र डेढ करोड रुपैयाँको बैङ्क ग्यारेन्टी राख्नुपर्ने कानुनी व्यवस्था छ । त्यस्तै पाँच हजार जनासम्म कामदार पठाउने कम्पनीलाई एक करोड नगद धरौटी र तीन करोड रुपैयाँको बैङ्क ग्यारेन्टी तथा वार्षिक पाँच हजार जनाभन्दा बढी कामदार पठाउने म्यानपावर कम्पनीलाई दुई करोड नगद धरौटी तथा चार करोड रुपैयाँको बैङ्क ग्यारेन्टी राख्नुपर्ने कानुनी प्रावधान छ । यो वर्ष दर्ता भएका कम्पनीहरूले तीन हजार जनासम्म कामदार पठाउनेगरी दर्ता भएका हुन् । उनीहरुले नगद ५० लाख धरौटी र डेढ करोड रुपैयाँ बैङ्क ग्यारेन्टी राखेको विभागले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु