अखिल समाजवादीद्वारा कुशवाहाको परिवारलाई समवेदना

२०८१ असार १२ गते, मंगलवार


काठमाडौँ । अखिल (समाजवादी)नारायणी -मधेस प्रदेश समितिले रामराजा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको परिवारलाई समवेदना व्यक्त गरेको छ । सो संगठनका केन्द्रीय सचिव तथा नारायणी – मधेस प्रदेश इन्चार्ज अटल सी ,सह-इन्चार्ज लोकेश सी ,नेकपा पर्सा र बारा जिल्ला सेक्रेटरी फिरोज सी र दिल सी लगायत नेताहरुले मङ्गगलबार कुशवाहाको परिवारलाई आदर्श कोतवाल वडा न.२ स्थित घरमा नै पुगेर समवेदना पत्र दिएका हुन् ।
कुशवाहाको २०८१ जेठ ३२ गते सोहि गाउँपालिका वडा नं. ३ भटिनिया र बतारा बिच पर्ने बौधिमाई मन्दिर नजिकमा अन्दाजी बेलुका १७:४५ बजेको समयमा अज्ञात समूहद्वारा गोली हानी हत्या गरिएको थियो ।
अखिल (समाजवादी)का केन्द्रिय सचिव तथा नारायणी -मधेस प्रदेश इन्चार्ज अटल सी द्वारा हस्ताक्षर गरिएको उक्त समवेदना पत्रमा भनिएको छ -“बाराको शिक्षा क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्दै आउनु भएका रामराजा बहुमुखी क्याम्पस, कलैयाका क्याम्पस प्रमुख तथा आदर्श कोतवाल गाउँपालिका वडा नं. २ टोलः खजुरिया निवासी हरिभुषण कुशवाहा को मिति २०८१ जेठ ३२ गते सोही गाउँपालिका वडा नं. ३ भटिनिया र बतारा बिच पर्ने बौधिमाई मन्दिर नजिकमा अन्दाजी बेलुका १७:४५ बजेको समयमा अज्ञात समूहद्वारा गोली हानी हत्या गरिएको घटनाले हाम्रो सङ्गठन मर्माहत भएको छ ।
मृतक हरिभुषण कुशवाहा बाराको शैक्षिक क्षेत्रको धरोहरको रुपमा स्थापित हुनुहुन्थ्यो । उहाँले शैक्षिक क्षेत्रमा सक्रिय योगदान दिई आफू आफ्नो परिवार र समाजलाई एक आदर्श व्यक्तिको रुपमा पुर्याउनु भएको योगदानको उच्च मूल्याकंन गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं र शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं “
आज ११ दिन हुँदापनि मुख्य अभियुक्त पक्राउ नपर्नुले सरकार र गृह प्रशासन प्रती घर परिवारको अविश्वास बढेको र अखिल(समाजवादी)लाई न्यायको पक्षमा लड्नको लागि र आफ्नो संघर्षमा एक्यवद्धता जनाउनको लागि परिवारले अपिल गरेको र आफुहरु सुरुवात देखि नै सो घटनाको विरुद्ध संघर्षमा रहेको र जस्तोसुकै संघर्षमा जान तयार रहेको कुरा अखिल (समाजवादी) का नारायणी – मधेस प्रदेश सह- इन्चार्ज लोकेश सी ले जानकारी गराए ।

प्रतिक्रियाहरु