शुल्क वृद्धि गर्ने निर्णय तत्काल खारेज गर

२०८१ असार १४ गते, बिहीबार


काठमाडौँ । अखिल (समाजवादी)ले शैक्षिक सत्रको मुखमा CTEVT वाट मान्यता प्राप्त निजि शैक्षिक संस्थाहरुको संगठन Forum for Health and Technical Science ले एकलौटी रुपमा गरेको चिकित्सा, नर्सिङ र फार्मेसी विषयमा २५ प्रतिशत शुल्क वढाउने निर्णयप्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको जनाउदै उक्त निर्णय तत्काल खारेज गर्न माग गरेको छ। अखिल (समाजवादी) का केन्द्रीय अध्यक्ष नरेन्द्र सीेले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त निर्णय खारेज गर्न माग गरेका हुन्।
अध्यक्ष नरेन्द्र सीेद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – ‘नेपालको दलाल पुँजीवादी अर्थ प्रणालीले जनताको आर्थिक जिवन संकटपुर्ण वनिरहेको र देश निरन्तरको आर्थिक मन्दीवाट गुज्रिरहेको अवस्थामा संविधानले समेत कल्पना गरेको शिक्षाको मौलिक हक र निशुल्क शिक्षाको प्रावधान विपरित एकतर्फि शुल्क वृद्धि गर्ने निर्णय खेदजनक छ । विद्यार्थी माथी शुल्क थोपर्ने होईन राज्यले शिक्षामा लगानी वढाउन र शिक्षाको व्यायभार राज्यले लिने निति लिनुपर्छ । CTEVT ले शुल्क निर्धारण गर्ने विधि विपरित निजि संस्थाले एकतर्फि वढाएको चर्को शुल्क खारेज गर्न माग गर्दछौँ र आवश्यक कारवाहीका लागि CTEVT र शिक्षा मन्त्रालय संग जोडदार माग गर्दछौँ । अन्यथा हाम्रो संगठन कडा संघर्षमा जाने विषय समेत स्पष्ट गर्दछौँ ।’

प्रतिक्रियाहरु