लालु–लैफु शहिदमार्ग माल्कोट पुग्यो: जनताद्वारा भव्य स्वागत

२०८१ असार १५ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीद्धारा निर्माणाधिन कालिकोट जिल्लाको खुलालु–लैफु शहिदमार्गको निमार्णकार्य माल्कोट गाँउ पुगेको छ । सडक निमार्णकार्य माल्कोट गाँउ पुग्दा सयौँको संख्यामा उपस्थित स्थानिय जनताले निमार्णकार्यमा रहेका नेकपाका नेता कार्यकर्ताहरु, प्राविधिकहरु र स्काइभेटरका चालकलाई स्वागत गरेका छन । लामो समयको कडा मेहनेत र चट्टानयुक्त भुभाग पार गरेर सडक माल्कोट गाँउ पुगेको हो । यो सडकको निमार्णकार्यको नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले गरिरहेको छ । आजको स्वागत कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यद्धय विवेक सी र अविचल सी, जिल्ला नेताहरु धरातल सी, अर्जुन सी, राधिका सी, राधिका सी, अखिल (समाजवादी) का केन्द्रीय सदस्य संग्राम सीलगायतको उपस्थिति थियो । सडक खण्ड माल्कोट पुगेसंगै स्थानिय जनतामा व्यापक उत्साह थपिएको छ । स्थानिय जनताले नेपाल कम्युनिष्ट पार्टी, पार्टी प्रवक्ता क. प्रकाण्ड सी, निमार्ण कार्यमा खट्ने पार्टी नेता कार्यकताहरु र प्राविधिक टिमलाई धन्यवाद दिएका छन ।
स्मरणीय छ, नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय योजना अनुसार कालिकोटको खुलालु–लैफु शहिदमार्गको २०७४ साल फागुन १ गते सो पार्टीका प्रवक्ता प्रकाण्ड सीले उद्घाटन गरेका थिए। तत्कालिन सरकारले नेकपामाथि प्रतिबन्ध लगाएपछि रोकिएको उक्त सडक निर्माण कार्यलाई सुचारु गर्न प्रवक्ता प्रकाण्ड सीले पहल जारी राखेका छन । उनले सरकारी निकायलाई समेत बजेट व्यवस्था गर्न र छिटो बाटो निमार्ण गर्न समेत पहल गरिरहेका छन ।

प्रतिक्रियाहरु