नेकपाका प्रवक्ता प्रकाण्ड सी र नेकपा (एस) का अध्यक्ष माधब नेपालबीच भेटवार्ता

२०८१ असार १५ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधब नेपालबीच भेटवार्ता भएको छ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधब नेपालको निवास कोटेश्वोरमा बिहिबार भएको उक्त भेटवार्तामा देशको राष्ट्रिय राजनीतिमा आएको जटिलता र त्यसको समाधानका लागि दुई पार्टी र नेताहरुबीच गम्भीर छलफल भएको बताइएको छ।
उक्त भेटवार्तामा देशको राष्ट्रिय राजनीति , पछिल्लो समय बढ्दै गएको साम्राज्यवादी हस्तक्षेप , भ्रष्टाचार , कमिशनको खेल र त्यसले अर्थतन्त्रमा पैदा गरेको संकट र जनताको पीडादायी जीवनको बारेमा गम्भीर छलफल हुनुको साथै ति समस्या समाधानको लागि नयाँ र अग्रगामी पहल गर्नु पर्ने जिम्मेवारी दुई पार्टीको काँधमा आएको बिषयमा गम्भीर छलफल भएको बताइएको छ।
यसैगरी, उक्त भेटवार्तामा समाजवादी मोर्चालाई राष्ट्रको आवश्यकता र जनताको चाहना अनुसार अगाडि बढाउने बिषयमा समेत छलफल भएको बताइएको छ ।
यसैगरी, उक्त भेटवार्तामा नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले नेकपा (एकीकृत समाजवादी)को आसन्न महाधिवेशनको पूर्ण सफलताको शुभकामना दिएका थिए। उनले नेकपा (एकीकृत समाजवादी)को आसन्न महाधिवेशनले समाजवादी कार्यदिशा , सर्वसम्मत नेतृत्व चयन होस् यदी सर्वसम्मत नेतृत्व चयन हुन नसके आन्तरिक जनवादमार्फत नेतृत्व चयन गर्दै पार्टी एकताबद्ध भएर आगाडि बढोस भन्ने शुभकामना दिए भने नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधब नेपालले उक्त शुभकामनाको स्वागत गर्दै नेकपा (एकीकृत समाजवादी)को आसन्न महाधिवेशनमा नेकपालाई शुभकामना प्रदान गर्न निमन्त्रणासमेत दिए।
यसैगरी, उक्त भेटवार्तामा देशको राष्ट्रिय राजनीतिमा आएको जटिलता र त्यसको समाधानका लागि दुई पार्टी र नेताहरुबीच आगामी दिनमा सहकार्य गर्ने सहमतिसमेत भएको बताइएको छ।

प्रतिक्रियाहरु