वैज्ञानिक समाजवादी राज्यव्यवस्थाका लागि आत्मनिर्भर हुनु जरूरी

२०८१ असार १६ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले वैज्ञानिक समाजवादी राज्यव्यवस्थाका लागि आत्मनिर्भर हुनु जरूरी भएको बताएका छन् । सो पार्टीनिकट जनश्रम कृषि सहकारी संस्था लिमिटेडको चितवन माडी-४, खैरहनीस्थित उत्पादन इकाईद्वारा शनिबार आयोजित धान दिवस तथा रोपाईं महोत्सवको उदघाटन गर्दै महासचिव विप्लव सीले सो कुरा बताएका हुन्।
महासचिव विप्लव सीले आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता कार्यकर्ता र आत्मनिर्भर देश बनाउने उद्देश्यका साथ सामुहिक जीवनशैली अपनाउँदै देशैभर सामूहिक उत्पादन केन्द्रहरु सञ्चालन गरिएको बताउदै धान रोपेर सबैलाई कृषि कर्ममा लाग्न अनुरोधसमेत गरेका छन् ।
उनले रोपाईंमा दलको दायराबाट माथी उठेर खुला मनसहित सहभागी भएका सबैलाई धन्यवाद समेत दिए ।
उक्त धान रोपाईं कार्यक्रममा नेकपाका पोलिट ब्युरो सदस्य सन्देश सी र अन्य केन्द्रीय नेताहरु एवं माडीका जनप्रतिनिधि, राजनैतिक सामाजिक अगुवा र स्थानीयबासीहरु समेत सहभागी रहेका थिए ।


हाल नेकपाले कपिलवस्तुको शिवराज नगरपालिकामा मुख्य कार्यालय रहनेगरी वैधानिक रुपमा जनश्रम कृषि सहकारी दर्ता गरी माडीसहित देशका विभिन्न स्थानमा कृषिजन्य उत्पादन इकाईहरु सञ्चालन गरिरहेको छ ।
नेकपाले देशका विभिन्न ठाउँमा धान खेती लगायत अन्य कृषि कार्य गरिरहेको छ । यस्तै पोखरामा गण्डकी प्रदेश इन्चार्ज शिलु सी, सुदूरपश्चिम इन्चार्ज रणविर सी लगायतका केन्द्र, प्रदेश, जिल्ला र स्थानीय स्तरका नेताहरू रोपाइँमा व्यस्त देखिएका छन् ।

प्रतिक्रियाहरु