चुनाव उपयोग र वहिष्कार

२०८१ असार १७ गते, आईतवार

झपेन्द्रराज बैद्य

जब जब चुनाब आउँछ, एक थरिले बहिस्कार गर्छन् त अर्को थरिले उपयोग गर्दछन् । सरकार र प्रतिपक्षले त चुनावको लागि लम्पसार पर्दछन् । मानौं यही नै साध्य र साधन हो ।

 सैद्धान्तिक रुपले चुनाव वहिस्कार गर्नु ठीक होला । सयौं बुथमा रित्ता बाकस गराउन सकिन्छ भने बहिस्कार ठीक पनि छ । बहिष्कार पनि एक प्रकारको चुनाब हो । अन्यथा बहिस्कार गाडा अगाडि गोरु पछाडि हुन्छ । समुदायमा जनताको पिरलो, दुःख कष्ट र पीडा हुन्छ । आपूmले चुनेको अध्यक्ष र मेयरबाट काम गराउन उनीहरु उत्सुक हुन्छन् । अभिप्रेरित हुन्छन् । संघीय सरकारमा पनि यस्तै अवस्था हुन्छ ।

 उता बहिस्कार गर्नेहरुले बहिस्कार गरिरहन्छन् । यता सदुपयोग गर्नेहरुले बिल पास गरिरहेका हुन्छन् । देशको हीत बिरुद्ध सन्धि संझौता गरिरहेका हुन्छन् । पुँजीबाद र सामन्तबादको एकलौटी हुन्छ सरकार । त्यसैले बहस गर्न र देशको हीतमा संसद् चलायमान गर्न बिरोधी सांसदको आवश्यकता पर्छ । अप्रत्यक्ष रुपमा विदेशीले आफ्ना दलाल मर्फत् संसद् चलाएका हुन्छन् । प्रगतिशील पक्षका सांसद भए देश बिरुद्धका स्वरहरुलाई निस्तेज पार्न सक्छन् । देशको पक्षमा बीलहरु पास हुन्छन् । लेनिनले डुमा बहिस्कार गरेपनि आखिरिमा भाग लिएको अबगत हुन्छ ।

 यसैले होला अब हुने चौरासीको मिशनमा सधैँ बहिष्कार गरेको नेकपाले चुनावको सदुपयोग गर्ने भएको छ । क्रान्तिकारी माओवादीले अझै निर्णय गरेको देखिदैन । नेकपाले भने चुनाब उपयोग गर्ने निर्णय गरेको छ । यही कुराको संप्रेक्षण भएको छ सम्मेलनबाट । जुन समयानुकुल छ । ठोंस परिस्थितिको ठोंस मूल्यांकन भनेको यही हो । तर पुँजीबादी उम्मेदवारबाट पैसाको खोलो बग्छ नै । यसकारण कुनै प्रत्यासीले पैसा दिन्छ भने जनताले पैसा खानुपर्छ । तर भोट भने आपूmलाई मनपरेको उम्मेदवारलाई दिनुपर्छ । त्यही जनपक्षीयलाई बिजय गराउनु पर्छ । अब चुनाबलाई रोक्न नसक्ने अवस्थामा चुनाबमा भागलिनु अपरिहार्य छ । चुनाबमा भाग नलिनु फटाहा दलाललाई पैसा कमाउन मौका दिनु हो । यसै कुरालाई आत्मसात गरेर होला नेकपा मसालले चुनाब सदुपयोग गर्दै आएको छ । यसो भन्दैमा चुनाबलाई साध्य बनाउन हुँदैन । चुनाव त एउटा साधन मात्र हो । सरकार र संसद्मा गएपनि संसदीय व्यवस्थाको भण्डाफोर त गर्नुपर्छ नै । अहिले संसदीय व्यवस्था असफल भईरहेको अवस्था छ । अब नेपाली विशेषताको समासबादमा फड्को हान्नु पर्छ । वैज्ञानिक समाजवाद नेपालीको लक्ष्य हो । यसको लागि वर्ग संघर्ष चलाउदै जानुपर्छ । यो संसदीय व्यवस्थाबाट विकास र समाजिक न्याय हुनसक्दैन ।

 अप्राकृतिक गठबन्धन गर्नु चुनावलाई साध्य मान्नु हो । विगतको चुनाव हेर्दा कांग्रेसले कम्युनिष्टको प्रत्यासीलाई भोट मागेको देखिन्छ । त्यस्तै कम्युनिष्टले काँग्रेसको लागि भोट मागेका हुन् । चुनावमा प्राकृतिक गठबन्धन हुनुपर्छ । अप्राकृतिक भूmठो र अवसरवादी हुन्छ । यसकारण प्राकृतिक गठबन्धन गरी चुनावमा जानुपर्छ । अहिले समाजबादी मोर्चा पनि गठन भएको अवस्था छ । यसले पनि केही भूमिका खेल्न सक्छ । यसैले अब हुने चुनवमा भाग लिएर जनताका समस्या समाधान गर्नुपर्छ ।

 पुँजीवादमा हुने चुनाव नौटंकी हो । यसमा अथाह आर्थिक व्ययभार हुन्छ । विदेशीले आफ्नो मिशनको उम्मेदवारलाई पैसा पेलेको हुन्छ । एक किसिमले विदेशीले प्रधानमन्त्री तय गरिसकेको हुन्छ । चुनाव प्रायः भारत र अमेरिकाले डिजाईन गरिसकेका हुन्छन् । एमसीसी पास गराउने शर्तमा होस् वा कुनै सन्धी संझौता पास गराउने शर्तमा । यही शर्त अनुसार बिदेशीले नेताहरुलाई चुनावमा सहयोग गरेका हुन्छन् । एमसीसी पास गराउने शर्तमा अमेरिकाले खाश नेतालाई सहयोग गरेको हुन्छ । एमसीसी पनि पास गराई छाड्यो । भारतले आफ्नो शर्त अनुसार नागरिकता बिधेयक पास गराई छाड्यो । अहिले अमेरिकाले नेपाललाई जोड जुलुम गरेको छ । यही ०८१ आषाढ ९।१० गतेको कुरा हो अमेरिकाबाट साँझ ५।६ वटा प्लेन अवतरण गरेका हुन । फेरि तिनै प्लेन बिहान उडेर जान्छन् । बीच बीचमा सहायक बिदेश मन्त्रीस्तरका गोरे आएका हुन्छन् । अमेरिकाले नेपाललाई युक्रेन बनाउन चाहन्छ । चीनलाई घेराहाल्ने र नेपाललाई युद्धको अखडा बनाउन चाहन्छ अमेरिका । चीनले पनि आफ्नो सुरक्षा चाहन्छ । यसैले नेपालमा अमेरिकाको उपस्थिति चीनलाई चुनौतिपूर्ण रहेको छ । चीनको रोड एण्ड बेल्ट भारत र अमेरिकालाई चुनौतिपूर्ण छ असैह्य छ । फलामको च्युरा जस्तै रहेको छ । युक्रेन र रुसको युद्धमा अमेरिकाले युक्रेनलाई सहयोग गरिरहेको अवस्था छ । तर रुसले थप बिमान पठाएको अवस्था छ । बिडम्बना गत साल नेपाल सरकारले युक्रेनको पक्ष लिएको थियो । चारैतिरबाट विरोधका श्वरहरु आएपछि नेपालले यो कुरालाई अगाडि बढाएन जुन सकारात्मक छ । असंलग्न परराष्ट्र नीति लिएको नेपालले कसैको पक्षमा लाग्नु हँुदैन ।

 तर अमेरिका र भारतले नेताहरुलाई आफ्नो दलाल बनाएका छन् । नेताहरुले आत्म समर्पपण गरेका छन् । उनीहरुको नामले सत्ता चलाएका छन् । अमेरिकाले आईपीएमार्फत् नेपाललाई हेरिरहेको छ । अमेरिकाले एमसीसीबाट अगाडि बढेर एस पी पी लागूगरेको अवस्था छ । अप्रत्यक्ष रुपमा अमेरिकाको पकडमा छ देश । उता भारतले लिपुलेखमा आफ्नो सेना तैनाथ गरेको छ । कालापानीमा एकतर्फी रुपले सडक निर्माण गरेको छ । उक्त सडकको भारतीय प्रधानमन्त्री मोदीले उद्घाटन गरेका छन् । भारतले २२६ ठाउँबाट नेपालको सीमा अतिक्रमण गरेको छ । बुटवल क्षेत्र सुस्तामा सयौँ बिघा जमीन कब्जा गरेको छ । यो कुरा कसले हेर्छ ? सरकार दायाँ बायाँ गर्ने हो भने उसको सत्ता डगमगाउन थाल्छ । यसै आत्म समर्पणबादी नीतिले गर्दा नेपालको राष्ट्रियता दुब्लाउदै गएको छ । आर्थिक अवस्था डामाडोल छ । सत्तापक्ष र बिपक्षी भएपनि खाने बेला एउटै हुन्छन् । जबसम्म यो व्यवस्था रहन्छ जनताले न त न्याय पाउँछन् न त नै सुरक्षा । बेरोजगारीले दैनिक ५।६ सय युवाहरु बिदेशिएका हुन्छन् । दिन दहाडै चोरी चलेको छ । पार्टीका नेता नै चोरको नाइके बनेका हुन्छन् । चोरका बयान अनुसार यही नै भएको छ । घरमा ताला लगाएको देखेमा दिन दहाडै कब्जा निकालेर चोरहरु घर भित्र पसेर सुन र नगद पैसा लगेको सप्रमाण फेला पर्दा पनि सरकार रमिते भएको छ । कस्तो लज्जास्पद कुरा ! प्रहरीले त गरेकै छ तर नेताहरुको लिफ्ट रहेपछि केही लाग्दैन । स्मरण रहोस दर्जनौ ठाउँहरुमा चोरी भएर सुन र नगद गाएब भएको छ । बौद्ध जोरपाटी तथा भैँसेपाटीमा यस्तै चोरीका घटना भएका छन् । प्रहरी हिरासतमा चोरहरु साबित त भएका छन् तर नाईके फरार भएका छन् । यो त प्रतिनिधि घटना मात्र हो ।

 महंगीले आकास छोएको अवस्था छ । भारतबाट आयातीत तरकारी भान्सामा आउँछ । नेपालका कृषकले उब्जाएको तरकारीले बजार नपाएर किशानले घाटा खानुपरेको अवस्था छ । कहिले टमाटर सडकै भरि पोखिन्छन् त कहिले सडकमा दुधको खोलो बग्दछ । यस्तो बिसंगती हुनुमा सरकारको मात्र दोष नभएर ब्यबस्था कै दोष भएको हुन्छ । यसकारण यस व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद हुनुपर्छ । वैज्ञानिक जनवाद भएमा स्वाथ्य र शिक्षा निःशुल्क हुन्छ । निजी विद्यालय र अस्पतालले जनताको ढाड सेक्ने छैनन् । निजी विद्यालय र अस्पताललाई निश्चित मापदण्ड अनुसार सरकारले आर्थिक सहयोग गर्नुपर्छ ।

जहाँसम्म चुनावको कुरा छ सिद्धान्तः भाग लिन ठीक नभए पनि सधँै बहिष्कार गर्ने हो भने विदेशी शक्तिले पनि नराम्रो दृष्टिले हेर्दछ । यता दलाल नेताहरुले पनि संसद्मा मनोमानी गर्छन् । यसैले फोहर छ भनी जान्दाजान्दै पनि दह्रोसँग कुराराख्न संसद्मा भाग लिनुपर्छ । नराम्रो कामको भण्डाफोर गर्नुपर्छ । यता वैज्ञानिक जनवादको लागि पनि संघर्ष गर्नुपर्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु