नाइजेरियामा श्रृंखलावद्ध बम बिस्फोट: १८ जनाको मृत्यु

२०८१ असार १७ गते, आईतवार


काठमाडौँ । नाइजेरियामा श्रृंखलाबद्ध रुपमा भएको बम बिस्फोटमा १८ जनाको मृत्यु भएको छ । नाईजेरियाको उत्तरपूर्वी बोर्नो राज्यका विभिन्न स्थानमा भएको बम विष्फोटमा ४८ जना घाइते भएका छन् । पहिलो बिस्फोट बोर्नो राज्यमा एक विवाह समारोहमा दिउँसो भएको हो भने दोश्रो बिस्फोट नाइजेरियाको एक जनरल अस्पतालको परिसरमा भएको हो ।
यसैगरी तेश्रो बिस्फोट भने अन्तिम दाहासंस्कार गरिरहेका माझ भएको हो । विवाह समारोहमा भएको बिस्फोटका क्रममा दर्जनौ सवारी साधन नष्ट भएका छन् । यसैगरी अस्पताल परिसरमा भएको बिस्फोट क्रममा केही बिरामी कुरुवाहरुको मृत्यु भएको हो ।
अन्तिम संस्कारमा भएको बिस्फोटका क्रममा मारिनेमा अधिकांश महिला रहेका छन् । हालसम्म बिस्फोटको जिम्मा कसलै लिएको छैन । यद्दपी नाइजेरियामा दशकौंदेखि विद्रोह गर्दै आएको आतंकबादी समुह बोको हरामको हात रहेको अनुमान गरिएको छ ।-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु