‘नेपालको स्रोत साधन कब्जा गर्ने होडबाजी चलिरहेको छ’

२०८१ असार १७ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपालको स्रोत साधन कब्जा गर्ने होडबाजी चलिरहेको ठोकुवा गरेका छन। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को १० औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले सो ठोकुवा हुन्। महासचिव विप्लव सीले नेपाल पेचिलो परिस्थितिमा रहेको बताउदै नेपालको राष्ट्रिय स्वाधीनता आजको विश्वको ध्रुवीकृत राजनीति, नेपालको भूराजनीतिका कारणले निकै ठूलो दबाबमा रहेको बताए। उनले नेपाल सुन्दर र स्रोत साधनले पूर्ण रहेकाले सबैको आँखा नेपालमा रहेको उल्लेख गर्दै विश्वका विभिन्न कुदृष्टि नेपालमाथि परिरहेको बताए।
महासचिव विप्लव सीले नेपालमा रहेका स्रोत साधन कब्जा गर्ने होडबाजी चलिरहेको बताए। उनले नेपाली श्रमिक जनताका चाहना अधुरै रहेको बताउदै भने – ‘नेपालको राष्ट्रिय स्वाधीनता आजको विश्वको ध्रुवीकृत राजनीति, नेपालको भूराजनीतिका कारणले निकै ठूलो दबाबमा छ। हाम्रो देश सुन्दर पनि छ, निकै स्रोत साधनले सम्पन्न पनि भएकाले आज सम्पूर्ण कुतत्वहरुको आँखा नेपालका स्रोत साधन कब्जा गर्ने होडबाजी तीव्र गतिले चलिरहेको छ‚’ उनले भने, ‘नेपालका मजदुर किसानहरु, जाति जनजातिहरु, मधेश, पहाड, महिला, श्रमिक समुदाय, दलितहरु, उत्पीडित जाति, वर्ग, क्षेत्र , लिंग र समुदायहरु छन्, यि सबै नेपालको आजको परिस्थितिमा सन्तुष्ट छैनन्।’
महासचिव विप्लव सीले हरेक परिवर्तनपछि नेपालको राजनीति यथास्थितिमा बदलिएको भन्दै नेताहरूले काम गर्न नसके त्यसलाई जनताले फाल्ने परिस्थिति आउने बताए । उनले यस्तै नेपाल सिद्धियो भन्ने कुरा साम्राज्यवादीले फैलाएको हल्ला भएको बताउदै अहिलेको व्यवस्थाबाट समाजवाद नआउने भन्दै कांग्रेस र रास्वपाले चाहेको समाजवाद के हो भन्ने प्रश्न पनि गरे ।
उनले भने- ‘जनतामा देखिएको उकुसमुकुसको असर सरकार, राजनीतिक दलहरूमा परिरहेको छ । आशा गरेका नेता र तीनका छोराहरू भ्रष्टाचारमा संलग्न भएका कुरा सुन्न परिरहेको छ । राजनीति कार्यकर्ता श्रमजीवी यन्त्रमा नभई भ्रष्टाचार गर्ने निकायमा बदलिरहेका छन् । जनताले आशा गरेका नेताहरू देशको अर्थतन्त्रमा लुटपाट मच्चाइरहेका छन् । यसको अन्त्य गरी उत्पीडित, श्रमजीवी जनताहरूको पक्षमा सबै मिलेर काम गर्नुपर्छ।’

महासचिव विप्लव सीले नेपाली कम्युनिस्ट आन्दोलनलाई अहिलेको अवस्थासम्म ल्याउन एकीकृत समाजवादीको महत्त्वपूर्ण भूमिका रहेकाले महाधिवेशनपछि सुस्पष्ट समाजवादी नीति तथा कार्यक्रम आउने विश्वाससमेत व्यक्त गरे ।

प्रतिक्रियाहरु