पेट्रोलियम पदार्थको मूल्य बढ्याे !

२०८१ असार १८ गते, सोमबार


काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको जानकारी दिएको छ। हवाइ इन्धन र एलपी ग्यासको भाउ भने घटबढ भएको छैन। बढेको मूल्य आज राति १२ बजेपछि लागू हुनेछ।
मूल्यवृद्धिपछि काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ र डिजल तथा मट्टितेल प्रतिलिटर १५७ रुपैयाँ पर्नेछ।
त्यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६४ र मट्टितेल तथा डिजल प्रतिलिटर १५२ रुपैयाँ पर्नेछ। सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १६६ र डिजल तथा मट्टितेल १५६ रुपैयाँ पनेछ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नुनको मूल्य बढ्यो

२०८१ असार २० गते, बुधबार

४३ वटा मेनपावर कम्पनी खारेज

२०८१ असार १२ गते, मंगलवार