राजनीतिक अस्थिरता दलाल संसदीय व्यवस्थाको उपज

२०८१ असार १९ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले नेपालको राजनीतिमा देखिएको अस्थिरता दलाल संसदीय व्यवस्था चरित्र र त्यसको उपज भएको बताएका छन् । उनले जबसम्म संसदीय व्यवस्था रहन्छ तबसम्म अस्थिरता आइरहने ठोकुवा गरे।
प्रवक्ता प्रकाण्ड सीले नेपालको राजनीतिमा देखिएको अस्थिरताको समाधान नेपाली विशेषताको समाजवादवाट मात्र हुने बताउदै यसको निम्ति देशका आमक्रान्तिकारी , प्रगतिशील , सच्चालोकतन्त्रवादीलागायत सबै दल र नेता गम्भीर बन्नु पर्ने बताए।

प्रतिक्रियाहरु