अख्तियारद्वारा पोखरा महानगरपालिकामा छापा

२०८१ असार १९ गते, मंगलवार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकामा मारेको हानेको छ । आयोगको टोलीले मंगलबार महानगर कार्यालयमा छापा मारेको हो । आयोगले मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको उजुरी परेको भन्दै उक्त उजुरीमाथि छानबिन गर्न महानगर कार्यालयमा छापा हानेर कागजात नियन्त्रणमा लिएको छ । अख्तियारले कार्यपालिका बैठकको निर्णय, राजस्वसम्बन्धी अहिलेसम्म भएका निर्णय, राजस्व परामर्श समितिको निर्णय, नक्सापासलगायतका मणिपाल शिक्षणसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नुनको मूल्य बढ्यो

२०८१ असार २० गते, बुधबार