पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक थापालाई थुनामा पठाउने आदेश

२०८१ असार १९ गते, मंगलवार

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश सकुन्तला कार्कीको इजलासले थापालाई थुनामा पठाउन आदेश दिएको हो ।
लामो समय फरार रही हालसालै पक्राउ परेका थापा तत्काल प्राप्त प्रमाणबाट निर्दोष नदेखिएको भन्दै थुनामै पठाउन आदेश भएको हो ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी मेलिस बास्कोटाका अनुसार अदालतले थुनामा पठाउन आदेश दिएको भएपनि कुन कारागारमा पठाउने भन्ने टुंगो लागिसकेको छैन ।

प्रतिक्रियाहरु