नेकपा ललितपुरद्वारा बेपत्ता योद्धा परिवारको खेतमा श्रमदान

२०८१ असार २० गते, बुधबार

काठमाडौँ । नेपाल कम्युनिस्ट ललितपुरले बेपत्ता योद्धा परिवारको खेतमा श्रमदान गरेको छ । नेपाल कम्युनिस्ट पार्टीले लिएको उत्पादनको नीति अनुरुप खेतमा मंगलबार धान रोपाई गरिएको हो । गोदावरी नगरपालिका १२ मा रहेको ठेचोस्थित बेपत्ता योद्धा राजेन्द्र मालीको खेतमा धान रोपाई गरिएको थियो ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज विपिन सी, केन्द्रीय सदस्य जीवन्त सी, जिल्ला सचिव विकास सी अखिल (समाजवादी) का केन्द्रीय सचिवालय सदस्य निगम सी, लगायत जिल्लाका नेताहरु महेश सी, अनुप सी, रत्न सी, चन्द्र सी, मोहन सी, समाजवादी ट्रेड युनियनका अध्यक्ष टेक सी, विद्यार्थी र महिला संगठनका जिल्ला नेताहरु साथै घरपरिवार एव स्थानीय जनताहरुको सहभागिता रहेको थियो ।
श्रम संस्कृतिको विकास गर्ने, पार्टीलाई आत्मनिर्भर बनाउने, कृषि उत्पादनलाई बढावा दिदै देशलाई आत्मनिर्भर बनाउने र सहिद, बेपत्ता, घाइते, कार्यकर्ता परिवार र गरिब जनताहरुलाई कृषि उत्पादन कार्यमा पार्टीको तर्फबाट सहयोग पुर्याउने उद्देश्यले उक्त कार्यक्रम भएको केन्द्रीय सदस्य विपिन सीले बताए । यस प्रकारको योजना असार महिनाभरी अगाडि बढाइने र असार २० गते हरिसिद्दिमा रहेको पार्टी कम्युनको जग्गा (खेत) मा रोपाइँ गरिने जानकारी जिल्ला सेक्रेटरी विकास सीले गराए । – कमल विश्वकर्मा

प्रतिक्रियाहरु