रास्वपा महामन्त्री एवं प्रवक्ता डा. ढकाल निलम्बित

२०८१ असार २१ गते, बिहीबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका महामन्त्री एवं प्रवक्ता डा. मुलुक ढकाललाई एक हप्ताका लागि निलम्बन गरेको छ । पार्टीको अनुशासन आयोगको सिफारिसमा उनलाई पार्टीको केन्द्रीय समितिले निलम्बन गरेको हो । बुधबार राति अबेरसम्म बसेको पार्टीको केन्द्रीय समितिको बैठकले डा. ढकाललाई बैठकमा अमर्यादित र अनुशासनहीन काम व्यवहार गरेको भन्दै कारबाहीका लागि निर्णय गरेको थियो ।
“केन्द्रीय समितिको बैठकमा उनले पार्टीको अनुशासनविपरीत अभद्र, अमर्यादित व्यवहार प्रस्तुत गर्नुका साथै पार्टीको छवि प्रतिकूल पार्ने अभिव्यक्ति दिँदै हिँड्नुभएकाले उनलाई निलम्बन गर्ने निर्णय गरिएको हो”, केन्द्रीय सदस्य सोविता गौतमले भने, “तत्काललाई पार्टी सहमहामन्त्री कविन्द्र बुर्लाकोटिलाई कार्यवाहक महामन्त्री र सहप्रवत्ता मनिष झालाई कार्यवाहक प्रवक्ता तोकिएको छ ।”
डा. ढकालको समीक्षा यात्राको प्रतिवेदनबारे बुधबार बिहानदेखि राति १२ बजेसम्म छलफल भएको थियो । बैठकमा उनले बैठकको प्रत्यक्ष प्रशारण गर्न र प्रतिवेदन सार्वजनिक नगरेको जनाउँदै मुखमा माक्समाथि कालो टेप लगाएर आपत्ति जनाएका थिए ।

प्रतिक्रियाहरु