कपिलवस्तु डिभिजन वन कार्यालयलाई जनविरोधी कार्य बन्द गर्न आग्रह

२०८१ असार २१ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कपिलबस्तुले कपिलवस्तु डिभिजन वन कार्यालयको गैरजिम्मेवार तथा अनुचित योजना अन्तर्गत पटना सव डिभिजन कायर्यालयले खाल्डो (ट्रेन्च) खन्ने नाममा गरेको जनविरोधी कार्य अन्यन्तै निन्दनिय भएको बताएको छ । सो पार्टीले बुधबार एक बिज्ञप्ति जारी गर्दै बाणगंगा न.पा. वडा नं.-३ र वडा नं.-१० पटनामा मायादेवी साभ्नेदारी बन र राजापानी सामुदायिक वन संरक्षणको नाममा बाणगंगा न.पा. वडा नं.-३ र वडा नं. १० पटनामा बसोबास गरिरहेका जनतालाई बिना विकल्प बासै उठने गरी कपिलवस्तु डिभिजन वन कार्यालयको गैरजिम्मेवार तथा अनुचित योजना अन्तर्गत पटना सव डिभिजन कायर्यालयले खाल्डो {ट्रेन्च) खन्ने नाममा गरेको जनविरोधी कार्य अन्यन्तै निन्दनिय भएको उल्लेख गर्दै उपयुक्त विकल्प विनाको क्रियाकलापको घोर भर्त्सना एवम्‌ निन्दा गरेको छ । साथै पार्टीले उक्त क्षेत्रमा वन कार्यालयलाई जिम्मेवार ढङ्गले प्रस्तुत हुन तथा सोही अनुरूप आफूना योजना निमार्ण गर्नसमेत गम्भीरतापूर्वक सुझाव दिएको छ ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टी कपिलबस्तुले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – ‘बाणगंगा न.पा. वडा नं.-३ र वडा नं.-१० पटनामा मायादेवी साभ्नेदारी बन र राजापानी सामुदायिक वन संरक्षणको नाममा बाणगंगा न.पा. वडा नं.-३ र वडा नं. १० पटनामा बसोबास गरिरहेका जनतालाई बिना विकल्प बासै उठने गरी कपिलवस्तु डिभिजन वन कार्यालयको गैरजिम्मेवार तथा अनुचित योजना अन्तर्गत पटनासव डिभिजन कायर्यालयले खाल्डो {ट्रेन्च) खन्ने नाममा गरेको जनविरोधी कार्य अन्यन्तै निन्दनिय छ । उपयुक्त विकल्प विनाको क्रियाकलापको घोर भर्त्सना एवम्‌ निन्दा गर्दै उक्त क्षेत्रमा वन कार्यालयलाई जिम्मेवार ढङ्गले प्रस्तुत हुन तथा सोही अनुरूप आफूना योजना निमार्ण गर्न पनि हामी गम्भीरतापूर्वक सुभाव दिन चाहन्छौं।
जनताको न्यायीक संघर्षमा हाम्रो पार्टीको दृढता पूर्वक साथ रहने छ । अन्यथा भईपरी आउने परिस्थितिको जिम्मेवार स्वयम्‌ राज्य पक्षनै हुनेछ । यस सम्बन्धमा जनपक्षिय पहल कदमीका लागि नागरिक समाज, मानव अधिकारवादी तथा पत्रकारहरुलाई यसै प्रेस विज्ञप्तीमार्फत जानकारी गर्दछौं ।’

प्रतिक्रियाहरु