सामसुङका कर्मचारी अनिश्चितकालीन हडतालमा

२०८१ असार २७ गते, बुधबार


काठमाडौँ । दक्षिण कोरियास्थित सामसुङका कर्मचारी अनिश्चितकालीन हडतालमा उत्रिएका छन्। तलब र अन्य सुविधा वृद्धिको माग गर्दै सामसुङका ३० हजार कर्मचारीले अनिश्चितकालीन हडताल गरेका हुन् । नेशनल सामसुङ इलेक्ट्रोनिक्स युनियन (एनएसईयू) ले ५५ वर्षमा पहिलो पटक हड्तालको घोषणा गरेका हो ।
आफ्ना माग सुनुवाइ गर्न तयार व्यवस्थापन तयार नभएपछि हडतालजस्तो अप्रिय निर्णय लिन बाध्य भएको युनियनको भनाइ छ । सामसुङले भने तत्काल यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।
‘पहिलो आम हड्तालपछि पनि कम्पनीले वार्ता गर्ने मनसाय नदेखाएकोले हामी जुलाई १० गतेदेखि दोस्रो अनिश्चितकालीन आम हड्तालको आह्वान गर्दछौँ,’ युनियनको वेबसाइटमा जारी विज्ञप्तिमा उललेख छ ।
एनएसईयूले दक्षिण कोरियामा सामसङ इलेक्ट्रोनिक्स कामदारहरूको एक चौथाई प्रतिनिधित्व गर्दछ । युनियनको हडतालले उत्पादन अवरुद्ध भएको दाबी गरिएको छ । तर, कम्पनीले यो दाबीलाई अस्वीकार गरेको छ । गत महिना युनियनले कम्पनीमा पहिलो पटक हडताल गरेको थियो । कम्पनीको करिब ५५ वर्षको इतिहासमा हडताल भएको यो पहिलो पटक हो ।
सामसङ इलेक्ट्रोनिक्स मेमोरी चिप्स, स्मार्टफोन र टेलिभिजनहरूको विश्वको सबैभन्दा ठूलो निर्माता कम्पनी हो । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु