अखिल (समाजवादी) द्वारा विद्यालयलाई सहयोग र खेलाडीलाई सम्मान

२०८१ असार २९ गते, शुक्रबार


काठमाडौँ । अखिल (समाजवादी)ले गौरी माध्यमिक विद्यालयका विद्यार्थी र विद्यालय परिवारलाई ३९ थान अस्मिता पब्लिकेसन्सको SEE Question Bank OLD IS Gold प्रदान गरेको छ । असार २७ गते बझाङ जिल्लाको दुर्गाथली गाउँपालिकास्थित बजाफ्री गौरी माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको सहजताका लागि उक्त सामाग्री प्रदान गरिएको हो ।
साथै दुर्गाथली गाउँपालिका स्थित दुर्गम गौरी माध्यमिक विद्यालयमा कक्षा दशमा अध्ययनरत राष्ट्रिय क्रीकेट खेलाडी अनु कठायतलाई सम्मान गर्दै खादासहित नगद पुरस्कार हस्तान्तरण पनि गरिएको बताइएको छ ।
सङ्गठनका महासचिव प्रकाशक सी ले “राजनीति सबै शिक्षाको प्रमुख शिक्षा भएर पनि नेपालमा यसको ठिक उल्टो प्रयोग भइ बदनाम भइरहेकोले राजनीतिलाई बदल्ने संगठनको अभियानलाई निरन्तरता दिएको बताएका छन् ।

प्रतिक्रियाहरु