कोपा अमेरिकाको ४८ औं संस्करणको उपाधि अर्जेन्टिनालाई

२०८१ असार ३२ गते, सोमबार


काठमाडौँ । कोपा अमेरिकाको ४८ औं संस्करणको उपाधि यस अघिको च्याम्यिन अर्जेन्टिनाले जितेको छ । अमेकिराको फ्लोरिडमा भएको खेलमा निर्धारित समयमा कुनै गोल नभएपछि आधा घण्टा समय थपिएको थियो । अतिरिक्त समयको ११५ आनैं मिनेटमा अर्जेन्टिनाका लागि मार्टिनेजले सुन्दर गोल गरेका थिए ।
यही खेलबाट चर्चित स्ट्राइकर डि मारियाले सन्यास लिएका छन् । खेल सकिनु भन्दा आधा घण्टा पहिले कप्तान लियोनेल मेसी घाइते भएर पेभिलियन फर्केका थिए । १ घण्टा २२ मिनेट ढिला गरी शुरु भएको फाइनलको पहिलो हाफसम्म गोलरहित बराबरी भएको छ । खेलमा कोलम्बिया हावी भएको छ । अर्जेन्टिनाले पहिलो मिनेटमै गोलका लागि आक्रमण गरेको र दोस्रो मिनेटमै कर्नर हान्ने मौका पाए पनि खेल अवधिमा कोलम्बिया हावी रह्यो ।
कोलम्बियाले बल पोसेसनमा ५१ प्रतिशत ओगटेकामा गोलका लागि ४ प्रहार गरेको थियो । अर्जेन्टिनाका गोलपिकरले चार वटा प्रहारको उत्कृष्ट बचाउ गरेका थिए । फाउल भने कोलम्बियाले बढी खेलेको छ । कोलम्बियाले ५ फाउल खेल्दा अर्जेन्टिनाले २ फाउलमात्र खेल्यो । कोलम्बियाका एक खेलाडीले पहेँलो कार्ड पाएका छन् ।

प्रतिक्रियाहरु