नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पद तथा गोपनीयताको शपथ

२०८१ असार ३२ गते, सोमबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ खुवाएका छन् । राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
राष्ट्रपति पौडेलले प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।
ओली संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त भएका हुन् ।

प्रतिक्रियाहरु