चीनको कूल गार्हस्थ उत्पादन पाँच प्रतिशतले वृद्धि

२०८१ असार ३२ गते, सोमबार


काठमाडौँ । चीनको कूल गार्हस्थ उत्पादन पाँच प्रतिशतले वृद्धि भएको छ। सोमबार सार्वजनिक राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबीएस)तथ्यांक अनुसार चीनको कुल गार्हस्थ उत्पादन (जिडिपी) सन् २०२४ को पहिलो अर्धवार्षिकमा पाँच प्रतिशतले वृद्धि भएको छ ।
चीनको जिडिपी पहिलो अर्धवार्षिक अवधिमा ६१.६८ ट्रिलियन युआन अर्थात् करिब ८.६५ ट्रिलियन अमेरिकी डलर पुगेको एनबीएसको तथ्याङ्कले देखाएको छ । एनबीएसका अनुसार दोस्रो त्रैमासिकमा, देशको जीडीपी वार्षिक ४.७ प्रतिशतले बढेको छ ।
समग्रमा, राष्ट्रिय अर्थतन्त्र पहिलो अर्धवार्षिकमा स्थिर रहेकोजनाउँदै नीतिगत प्रोत्साहन, बाह्य मागमा पुनरुत्थान र नयाँ गुणस्तरको उत्पादक शक्तिको विकासलाई उद्धृत गर्दै विज्ञप्तिमा उल्लेख गरेको छ । एनबीएसका अनुसार दोस्रो उद्योगले पहिलो अर्धवार्षिकमा वर्षमा ५.८ प्रतिशत प्राथमिक उद्योगमा ३.५ प्रतिशत र सेवा क्षेत्रमा ४.६ प्रतिशतले वृद्धि भएको छ । दोस्रो त्रैमासिकमा भने चीनको अर्थतन्त्र ०.७ प्रतिशतले बढेको छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

संसदमा मुसा आतंक !

२०८१ भाद्र ५ गते, बुधबार

आज भारत बन्द !

२०८१ भाद्र ५ गते, बुधबार

भारत ७८ औं स्वतन्त्रता दिवस मनाउँदै

२०८१ श्रावण ३१ गते, बिहीबार