नेकपा कालिकोटद्वारा डेढ बिगाहा खेतमा धान रोपाइँ

२०८१ असार ३२ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कालिकोटले धान रोपाइँ गरेको छ । नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय समितिको आत्मनिर्भर नेताकार्यकर्ता ,आत्मनिर्भर पार्टी , आत्मनिर्भर देश भन्ने निति बमोजिम नेपाल कम्युनिस्ट पार्टी कालिकोटले धान रोपाइँ गरेको हो ।
नेकपा कालिकोटले श्रम संघर्ष र आत्म निर्भरताका लागि उत्पादन भन्ने मुल नाराका साथ कालिकोटको रास्कोट नगर पलिका ८ भात्डिमा झण्डै डेढ बिगाहामा खेतमा धान रोपाइँ गरेको हो ।
धान रोपाइँमा नेकपा कालिकोटका ईन्चार्ज विवेक सी ,जिल्ला सेक्रेटरी बलवान् सी र केन्द्रिय प्रतिनिधि सदस्य सम्रग सी , भुकुम्प , पल सी, युवा संगठन नेपालको केन्द्रिय सचिवालय सदस्य तथा कर्णाली प्रदेश ईन्चार्ज मिनेस सी लगायत जिल्लाभरका पालिका ईन्चार्ज र सम्पुर्ण नेताकार्यकर्ताको सहभागिता रहेको थियो ।
उक्त धान रोपाइको उद्घाटनमा गर्दै नेकपा कालिकोटका ईन्चार्ज विवेक सी ले देशको पछिल्लो बदलिँदो परिस्थितिले देश अझै पछि धकलिएको भन्दै पार्टीले लिएको श्रम नितिले हजारौं युवाहरुले देश मै केही गर्नु पर्छ भन्ने आँट लिएर सहभागी भएको बताए।

प्रतिक्रियाहरु