नेकपा सुदुरपश्चिमद्वारा १४ बिघा जमिनमा धान रोपाइँ

२०८१ श्रावण १ गते, मंगलवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सुदुरपश्चिम प्रदेश समितिले १४ बिघा जमिनमा धान रोपाइ सम्पन्न गरेको छ । नेकपाको देशव्यापी उत्पादन अभियान अन्तर्गत सुदुरपश्चिमका कैलाली र कञ्चनपुरमा धान रोपाइँ सकिएको केन्द्रिय प्रतिनिधि समिति सदस्य निरक सीले जानकारी दिएका छन् ।
आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेताकार्यकर्ता र कृषिद्वारा आत्मनिर्भरता र उद्योगद्वारा समृद्धि हासिल गर्ने उदेश्यसहित नेपाल कम्युनिस्ट पार्टीले देशभर धान खेती, तरकारी खेती, फलफूल खेती, पशु पालन, कुखुरा पालन तथा माछा पालन समेत गरिरहेको छ ।
नेकपाले सुदुरपश्चिम अन्तर्गत कैलाली जिल्लाको घोडाघोडी वडा नं. ९ को रतिपुरमा ४ बिघा, लम्की चुहामा ३ बिघा, कैलाली जिल्ला पार्टीले ३ बिघा र कञ्चनपुरमा ४ बिघा गरि केन्द्रिय उत्पादन अन्तर्गत १४ बिघामा गरिएको धान खेतीबाट ४ सय ५० क्विन्टल धान उत्पादन हुने अनुमान रहेको बताएको छ ।
त्यस्तै, नेकपा सुदुरपश्चिमका विभिन्न जिल्ला समिति, युवा संगठन नेपाल र जनवर्गीय संगठनहरुले समेत सुन्तला, कागती र उत्पादनका विभिन्न काम गरिरहेका छन् ।
उत्पादन कार्यमा नेकपा स्थायी समिति सदस्य तथा प्रदेश इन्चार्ज भरत सी `रणवीर´ ,केन्द्रिय सदस्यहरु भगतसिंह, समर, प्रकाश सी, गणेश सी र बिराट सी लगायतका नेताहरू प्रत्यक्ष काममा जुटिरहेका थिए भने रोपाइमा नेताकार्यकर्ता र स्थानीय जनसहभागिता समेत रहेको थियो । -शेरबहादुर विश्वकर्मा

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

कर्णाली राजमार्ग अवरूद्ध

२०८१ भाद्र ५ गते, बुधबार

मतया पर्व मनाइँदै

२०८१ भाद्र ५ गते, बुधबार

गाईजात्रा पर्व मनाइँदै

२०८१ भाद्र ४ गते, मंगलवार

राष्ट्रिय सूचना दिवस मनाइँदै

२०८१ भाद्र ३ गते, सोमबार