नेकपा गुल्मीद्वारा ४ रोपनी जग्गामा सुन्तला रोपण

२०८१ श्रावण १ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी गुल्मीले सुन्तला रोपण गरेको छ । पार्टीको केन्द्रीय नीति अनुसार नेकपा गुल्मीले नयाँ गाउँको राहालेमा ४ रोपनी जग्गामा २ सय बिरुवा सुन्तला रोपण गरेको बताएको छ ।
नेकपाले हरेक बर्ष असार १० देखि ३० गतेसम्म ‘श्रम विदा’ दिएर नेता कार्यकर्तालाई अनिवार्य उत्पादनमा जोडिने नीति अनुसार यसबर्ष गुल्मीको पिपलधारामा सुन्तला रोपण गरेको हो ।
नेकपा गुल्मी इन्चार्ज खोमा सीले नयाँगाउँको पिपलधारा क्षेत्र सुन्तला खेतीका लागि जिल्लाकै सबैभन्दा उपयुक्त ठाउँ भएकोले कृषि प्राविधिक र यहाँका किसानहरुको सल्लाहमा पिपलधारामा व्यवसायिक सुन्तला रोपण गरिएको बताएका छन् । उनले समाजवादको आधार निर्माण गर्न पार्टीलाई श्रममा जोडेको बताउदै कृषि उत्पादन राजनीतिक क्रान्तिको अभिन्न अंग भएको बताएका छन् । उनले भने, “जुन देश आर्थिक रुपमा आत्मनिर्भर बन्दैन, त्यो देश विदेशीको गुलाम बन्नुपर्छ । नेपालका प्राकृतिक स्रोत साधन अथवा नदीनालाहरु बेच्न असमान र राष्ट्रघाती सन्धी सम्झौता गर्न बाध्य हुन्छ । आज नेपालले यही दुर्दशा भोगिरहेको छ । यसलाई बदल्न सबै श्रममा जोडिनु अनिवार्य भएको छ ।”
उनले नेपालमा ४० लाख परिवार किसानहरु मध्ये ५५ प्रतिशत किसानहरु आधा पेट खाएर बसेको बताउदै ७५ लाख घरहरु मध्ये हिमाली र पहाडी जिल्लाका ४ लाख ७२ हजार घर खाली भएर ६० प्रतिशतभन्दा बढी खेतीयोग्य जमिनहरु बाँझो रहेको बताए ।
उनले नेपालमा तरकारी मात्रै बार्षिक ३६ अर्ब र चामलमात्रै ४५ अर्बको भित्रिने बताउदै यो संकटको समाधान गर्न पार्टीले उत्पादनको नीति बनाएको बताए ।
नेकपा जिल्ला सेक्रेटरी बसन्त सीले सुन्तला रोपण कार्यक्रममा जिल्लाका नेता कार्यकर्ता र पिपलधाराका किसानहरु जोडिएको बताए । उनले उत्पादनलाई जिल्लाभरी विस्तार गर्दै लैजाने बताए ।
नेकपाले अहिले देशैभरी २ सय बिघा भन्दा बढी जग्गामा उत्पादन गरिरहेको छ । यस अन्तर्गत केन्द्रीय उत्पादन ७ ठाउँमा, ब्युरो उत्पादन २१ वटा ४२ स्थानमा जिल्ला उत्पादन र ७ वटा जबस र दुईवटा विभागको उत्पादन रहेको छ । यसमध्ये जुम्लामा १ हजार स्याउ, मुगुमा ३ सय स्याउ र हुम्लाले १ हजार स्याउ र ओखर रोपेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

कर्णाली राजमार्ग अवरूद्ध

२०८१ भाद्र ५ गते, बुधबार

मतया पर्व मनाइँदै

२०८१ भाद्र ५ गते, बुधबार

गाईजात्रा पर्व मनाइँदै

२०८१ भाद्र ४ गते, मंगलवार

राष्ट्रिय सूचना दिवस मनाइँदै

२०८१ भाद्र ३ गते, सोमबार